बालिकाको बलात्कारपछि हत्या गरिएको घटनाले कालियागञ्जमा तनाव व्याप्त

f0f1f046-9518-47eb-89e4-d94249694514

उत्तर दिनाजपुर: उत्तर दिनाजपुरको कालियागञ्जको साहेबघाटामा एक बालिकाको बलात्कारपछि गरिएको हत्याको घटनालाई लिएर अहिले पनि स्थिति तनावपूर्ण अवस्था छ । यस क्षेत्रका दोकान,व्यापार-व्यवसायहरू सबै बन्द छन् । मुख्य आरोपीलाई पक्राउ गर्न माग गर्दै स्थानीयवासी सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । स्थितिलाई नियन्त्रण गर्न ठूलो संख्यामा पुलिस बल र बीएसएफलाई घटनास्थलमा तैनात गरिएको छ।यसैबीच भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदारले शनिबार गाउँ पुगेर पीडित परिवारलाई भेटेका छन् । प्रदेश र राष्ट्रिय बाल संरक्षण आयोगका प्रतिनिधिले दिउँसो गाउँ भ्रमण गर्ने कार्यक्रम छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement