काल बैशाखीले धेरै क्षति

66154bb8-1bc8-480f-8a90-739c08ce8e52

कालचिनीः शुक्रबार राती र शनिबार बिहान भुकभुके उज्यालो पहरमा चलेको काल बैशाखीको हावा बतास सहितको झरीले कालचिनी खण्डको चियाबारी र गाउँ गरमा धेरै क्षति पुगेको स्थानीय बासिन्दाहरूले जनाएका छन्।
हावा हुण्डुरीले दलसिंहपाड़ा क्षेत्रमा व्यापक ताण्डव मच्याएको बताईएको छ भने धेरै घरहरूमा बिजुलीको खाँबा झरेकोले घर र दोकान क्षतिग्रस्त बनेको एवम् सुपारीको रुखहरू ढल्दा धेरै क्षति पुगेको स्थानीय बासिन्दाहरूले जनाएका छन्। यता मेचपाड़ा, भाटपाड़ा र चुवापाड़ा क्षेत्रमा पनि हावा हुण्डुरीले व्यापक रुखहरू लड़ाएकोले बिजुलीको तारहरू चुँड़िएको थियो भने शनिबार दिनभरी बिजुली परिसेवा ठप्प भएको बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement