कालचिनीः शनिबार विश्व पृथ्वी दिवसको उपलक्ष्यमा इन्भोल्भ नामक स्वेच्छासेवी संगठनको पक्षबाट कालचिनी थाना अन्तर्गत पर्ने मेचपाड़ा ८ नम्बर गाउँमा गाउँका किशोर किशोरी विद्यार्थीहरुलाई समेटेर पर्यावरण सम्बन्धी विशेष सचेतना शिविरको आयोजना गऱ्यो।

यस अवसरमा विद्यार्थीहरूलाई चिप्को आन्दोलनको इतिहास सुनाईएको थियो भने जीवनमा प्रकृति संरक्षण पर्यावरण सफाईबारे वृक्षारोपणको महत्वलाई दर्शाएको थियो। जंगल मास्न नहुने रुख काट्न नहुनो जस्ता विषयमा इन्भोल्भ संगठनका स्वयंसेवकहरूले विद्यार्थीहरूलाई सचेतना गराएको थियो।










