कालचिनीः पश्चिम बंगाल राज्य सरकारको पहल अनि अलिपुरद्वार जिल्ला अस्पताल र प्रियदर्शना एनजीओको संयुक्त आयोजनामा शनिबार कालचिनी खण्डको राईमाटाङ चियाबारी अस्पताल प्राङ्गणमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भयो।
उक्त शिविरको उद्घाटन राईमाटाङ चियाबारीको प्रबन्धक लगायत प्रियदर्शना एनजीओका सचिव तथा अलिपुरद्वार कलेजका प्रोफेसर बिजन सरकार एवम् भारत स्काउट्स एण्ड गाइड्स एयर विंग्स तथा कामुराई मार्सल आर्टका संस्थापक डा. कमल कुजूर लगायत महिला समाजेवी मालती बाक्लाको बाहुलीबाट गरीएको थियो।
शिविरमा प्रायः २०० भन्दा अधिक गाउँलेहरू आँखा जचाउँन आएको थियो भने मोतियाबिन्द अपरेशनको पनि व्यवस्था गरीने आयोजक कमिटीको पक्षबाट बिजन सरकारले जनाएका छन्। सो शिविर आयोजनामा मुख्य भूमिका निर्वाह गर्ने डा. कमल कुजूरले शिविरमा कुल १९० जना रोगीहरूको आँखा जाँच गरीएको र यसमा २७ जना मोतियाबिन्द अपरेशनको निम्ति छनौट भएको र आगामी महीनाभित्र मोतियाबिन्द अपरेशन सम्पन्न हुने र आज सम्पन्न शिविरमा १२७ जनालाई निःशुल्क चस्मा वितरण गरिएको जनाएका छन्।










