ईद-उल-फितर सम्पन्न

d7fb7719-598b-44b8-936d-51d2123ec367

कालचिनीः गत एक महीनादेखि रोजा पश्चात शनिबार सम्पूर्ण इस्लाम धर्मावलम्बी मुसलमानहरूले मस्जिदमा नमाज पढ़ेर रोजा समाप्त गरेपछि एक अर्कामा अंकमाल गर्दै ईद मुबारक दिने क्रममा कालचिनीस्थित जामा मस्जिदमा मुस्लिम अञ्जुमन कमिटीको पक्षबाट पनि सबैलाई ईद मुबारक दिने कार्यक्रम राखेको थियो। यस क्रममा मुस्लिम अञ्जुमन कमिटीको पक्षबाट कालचिनी सीआई पार्थ सारथी चन्दा र कालचिनी थाना प्रभारी टीएन लामालाई जामा मस्जिदमा निम्ताएको थियो।
उक्त अवसरमा सीआई पार्थ सारथी चन्दाले मस्जिदको इमामलाई फूलको गुच्छा दिएर ईदको शुभकामना व्यक्त गरेको थियो।
ईद शान्तिपूर्वक सम्पन्न भएको र यस उपलक्ष्यमा सम्पूर्ण जाति समुदायलाई एकता र भातृत्वको सन्देश रहेको बताउँदै कालचिनी जामा मस्जिदका ईमाम मोहम्मद नूरुल्ला नूरीले ईदको शुभकामना व्यक्त गरेका छन्।
यसरी नै कालचिनी मुस्लिम अञ्जुमन कमिटीको पक्षबाट पनि मोहम्मद समीउल्ला अन्सारीले पनि यो ईद शान्तिपूर्वक सम्पन्न भएको र देशमा सम्पूर्ण जनताले सुख शान्ति पाउन र जुन नकरात्मक परिस्थिति उत्पन्न हुन खोजिरहेको छ त्यसलाई सकारात्मक शक्तिले पराजय गर्न सकोस भनि आह्वान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement