रुपियाँ ठगी मामिलामा दिल्ली पुलिसको हिरासतमा एकजना युवक

717218f7-81be-4cd7-ac7d-7f45e49781f1

कालचिनीः डिजिटल युगको यस घड़ीमा नाना थरीका काण्डहरू देख्न अनि सुन्न पाइरहन्छ। यस्तै एउटा घटनाक्रममा दिल्ली पुलिसको एउटा टोलीले कालचिनी थाना अन्तर्गत कालचिनी पिपलतला लाईन निवासी एकजना ३० बर्षीय युवक अर्पण अन्सारीलाई शुक्रबार पक्राउ गरेर कालचिनी थानाको हिफाजतमा राखेको थियो भने आईतबार त्यस कथित आरोपीलाई दिल्ली पुलिसले अलिपुरद्वार जिल्ला अदालतमा उभ्याएपछि ट्रान्जिट रिमान्डमा दिल्ली लगेको पुलिस सुत्रले जनाएका छन्।
घटना अनुसार गत एक महीना अघि कालचिनी निवासी अर्पण अन्सारीले एकजना निर्दोष केटाको नामको सिमकार्ड प्रयोग गरेर दिल्लीको एकजना सेना अधिकारीबाट अनलाइन लेनदेनमा ४० हजार रुपियाँ ठगेको थियो।
उक्त मामिलामा ठगिने व्यक्तिले दिल्ली पुलिस समक्ष यसको उजुरी गरेपछि उक्त सिमकार्ड अर्थात फोन नम्बर ट्र्याक गरेर सिमकार्ड रजिस्टर भएका युवकलाई दिल्ली बोलाएको थियो। पुलिसले उक्त युवकबाट सोधखोज गर्दा उसको सिमकार्डको प्रयोग गरेर कालचिनी निवासी अर्पण अन्सारीले ठगीको काम गरेको र दिल्ली पुलिस शुक्रबार कालचिनी आईपुगेर मूल आरोपी अर्पण अन्सारीलाई पक्राउ गर्न सफल भएको थियो। यता कालचिनी थाना सुत्रले यो दिल्ली पुलिसको मामिला रहेको र यसमा स्थानीय थानाको कुनै भूमिका नरहेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement