गोर्खाहरुले तीनपटक सांसद जिताएर पठाएको हो अब ढिलाई गर्नु हुँदैन: गोरायुमो

IMG-20230422-WA0266.jpg

कालेबुङ: गोर्खा राष्ट्रिय युवा मोर्चा कालेबुङ ब्राञ्च कमिटीले आज कालेबुङ बजारमा व्यापक पोस्टरिङ गरेको जानकारी प्राप्त भएको छ।गोरामुमोको भातृ संगठन गोर्खा राष्ट्रिय युवा मोर्चाले कालेबुङमा पोस्टरिङ गर्दै गोर्खाहरुले तीनपटकसम्म सांसद जिताएर पठाएको हो अब ढिलाई गर्नु हुँदैन भनी बताएका छन्।

पोस्टरिङ गर्नुको उद्देश्यबारे जानकारी गराउँदै गोरायुमो कालेबुङ ब्राञ्च कमिटीका अध्यक्ष बुद्ध तामाङले भने, केन्द्रको भाजपा सरकारले चुनावको समयमा गोर्खाहरुसंग गरेको वाचा यथाशीघ्र पूरा गर्नु पर्छ। अब गोर्खाहरुले दिएको मतको कदर गर्दै केन्द्र सरकारले गोर्खाहरुसँग गरेको प्रतिबद्धता झट्टै पूरा गरोस् भनी आज हामीले कालेबुङ बजारमा पोस्टरिङ गरेका हौं।’
उनले अघि भने, हामीले केन्द्रको भाजपा सरकारमाथि विश्वास गरेका छौं। अब केन्द्र सरकारले पनि पूर्ण इमानदारिताको साथमा गोर्खाहरुको राजनैतिक समाधान गरैकै हुनपर्छ।

हामीलाई आर्थिक प्याकेज होइन हामीलाई राजनैतिक समाधान चाहिन्छ। गोर्खा हौं हामी अनि हामीलाई आफ्नै भूमिमा आफ्नै तरिकाले ज्युउने संवैधानिक अधिकार चाहिन्छ। जनताहरु निरास भइसकेका छन् अब २०२४ भन्दा अघि हाम्रो राजनैतिक समाधान हुनिपर्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement