खरसाङ: २७ अप्रेलदेखि नौ दिवसीय चण्डी महायज्ञ रुद्राभिषेक आयोजना हुँदै      

00-1-Mandir-3

खरसाङ: खरसाङ बजारदेखि करिब तीन किलोमिटर तल स्प्रिङ साइडको उजेरी बस्तीमा अवस्थित सात कन्या देवी एवं माँ कात्यायनी धाममा तीन दशक अघिदेखि नौ दिनको भव्य पूजा आयोजना हुँदै आएको छl यस वर्ष यो नौ दिनको पूजा ३७ वर्षमा हुँदैछl वैशाख शुक्ल पक्ष सप्तमीदेखि वैशाख पूर्णिमासम्म मन्दिरमा अति नै भव्यताका साथ भक्तिभावसहित नौ दिवसीय चण्डी महायज्ञ बर्सेनी आयोजना हुने गरेको छ। यसपाली आउँदो २७ अप्रेलदेखि ५ मईसम्म भव्य पूजा सम्पन्न हुनेछl अहिले घरि मन्दिर कमिटीका सबै सदस्यहरू पूजाको अति व्य7स्ततापूर्वक आआफ्नो कार्यमा जुटेका छन्l

शनिबार (२२ अप्रेल) मन्दिरको पूजा समितिद्वारा मन्दिरमा पत्रकार सम्मेलन आयोजना गरेको थियोl पूजा समितिका अध्यक्ष राजेन प्रधानले यस पूजामा सबै7 सर्वसाधारणलाई निमन्त्रणा जनाएका छन्l हरेक वर्ष नै पूजामा केही नयाँ कार्य गर्ने उनले बताएका छन्l यसपाली पनि देशका विभिन्न भागबाट सिद्ध सन्तहरूको आगमन हुने उनले बताएका छन्l पूजा समितिका प्रबन्धक रमेश प्रसादले ३७औं नौ दिवसीय चण्डी महायज्ञ रुद्राभिषेकको बारेमा जानकारी दिएl उनले बताएअनुसार यसपाली उज्जैन मध्ये प्रदेशबाट पंचायती निरञ्जनी अखडाका १००८ महामण्डलेश्वर श्री श्री मन्दाकिनी पुरी माता, किन्नर महासभा पश्चिम बङ्गालका अध्यक्ष माता सन्तोषी, सिक्किमबाट निरञ्जनी अखडाका सदस्य बाबा गरुको आगमन यस नौ दिनको पूजा हुनेछl २७ अप्रेलमा नौ दिवसीय चण्डी महायज्ञ रुद्राभिषेकको प्रथम दिनमा शुभ उद्घाटन १००८ महामण्डलेश्वर श्री श्री मन्दाकिनीको करकमलबाट गरिनेछl

पूजा समितिका सचिव सन्तोष पहरीले गत ३६औं पूजामा भक्तजनहरूलाई वितरण गरेको १२४ वटा कन्तुर २७ अप्रेलको ल्याइदिने अनुरोध गरेका छन् भने सोही दिन नयाँ कन्तुर वितरण गरिने उनले बताएका छन्l यस पत्रकार सम्मेलनमा मन्दिर निर्माण समितिका अध्यक्ष विक्रम प्रधान, उपाध्यक्ष शुक्र मुखिया, सचिव हेमन्त दर्नाललगायत अन्य सदस्यहरू उपस्थित थिएl अहिलेघरि मन्दिरमा सबै सदस्यहरू विभिन्न कार्यमा व्यस्त छन्l

नौ दिनको पूजाको दैनिक सूची यसप्रकार छन्:       

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement