एसडीएफ पार्टीको प्रचार-प्रसार शाखा र सामाजिक सञ्जाल प्रकोष्ठको एउटा राज्यस्तरीय समन्वयन सभा

IMG_20220616_230730.jpg

गान्तोक। आज एसडीएफ पार्टीको प्रचार-प्रसार शाखा र सामाजिक सञ्जाल प्रकोष्ठको एउटा राज्यस्तरीय समन्वयन सभा पार्टी मुख्य कार्यालयमा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता एसडीएफ पार्टी प्रमुख प्रवक्ता एमके सुब्बाले गरेका थिए। सभामा प्रचार-प्रसार शाखा र सामाजिक सञ्जाललाई चुस्त र दुरूस्त बनाउने योजनाहरूमा व्यापक बहस भएर विभिन्न प्रस्ताव पारित गरिएको छ। पार्टीका नीति, सिद्धान्त, कार्यक्रम र योजनालाई जनमानसमा पुर्याउने विषयमा पार्टीका मिडियाकर्मीको भूमिका र जिम्मेवारी विषयमा चर्चा भएको जानकारी प्रचार प्रसार महासचिव दिव्य शर्माले विज्ञप्तिमा दिएकी छन्।

सभाध्यक्ष एमके सुब्बाले सभालाई सम्बोधन गर्दै आजको युग भनेको मिडियाको युग रहेको र मिडिया कै मार्फत जनतासमक्ष पुग्दछौं भनी बताए। उनले एसडीएफ पार्टीका सञ्चारकर्मीले सत्य र तथ्यका आधारमा जनतालाई सत्यबारे अवगत गराउनु पर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement