मनसून तयारी लिएर सभा

IMG_20220616_230059.jpg

गान्तोक। आज राहत आयुक्त तथा भूराजस्व एवं आपदा प्रबन्धन विभाग सचिव अनिलराज राईको अध्यक्षतामा समीक्षा मनसून तयारीलाई लिएर सभा बस्यो। टाशीलिङ सचिवालयमा बसेको उक्त समीक्षा सभामा राज्य लाइन विभाग, केन्द्रिय निकाय, गैर सरकारी संगठन र सम्बन्धित हितधारकहरूबीच समन्वयलाई सुदृढ़ बनाउन चर्चा गरियो।

आपदा प्रबन्धन विभागका निदेशक प्रभाकर राईले हितधारकहरूको भूमिकामाथि प्रकाश पर्दै बर्खाको मौसममा जोखिम प्रबन्धनमा हितधारकहरूले कसरी विभागलाई सहायता गर्न सक्छन् भन्ने विषयमाथि प्रस्तुति दिए। हितधारकहरूले पनि आफुहरू कुनै पनि प्रकारको आवश्यकताहरूसॅंग लड्न तयार रहेको बताउॅंदै आफ्ना सुझाउहरू पनि राखे। भारतीय मौसम विज्ञान विभागले यो वर्ष बर्खाको मौसम चॉंडै शुरू भएको र अहिलेसम्म २० प्रतिशत वर्षा भइसकेको जानकारी गराए।

राहत आयुक्त राईले प्राकृतिक आपदाका कारण चुनौतीहरू पनि बढ़ेर गएको बताउॅंदै आपदा व्यवस्थापनको जिम्मेवारी विभाग र एजेन्सीहरूमाथि रहेको बताए। सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणले उपलब्ध संसाधनहरूद्वारा हितधारकहरूलाई सहयोग गर्न तयार रहेको पनि उनले आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement