बंगाल सफारी पार्क हिमाली कालो भालूले जन्मायो एउटा नयाँ शावक

f886d540-7e5b-4a46-89ee-6cfc03fa442f


सिलगढ़ी: सिलगढ़ीस्थित बंगाल सफारी पार्क घुम्न आउने आगन्तुकहरूको निम्ति एउटा खुशीको खबर सामुन्ने आएको छ। पार्कमा भएको एउटा हिमाली कालो भालूले एउटा नवजात शावकलाई जन्म दिएको छ। रोयल बेंगल टाइगरको जन्मपछि अब हिमाली कालो भालूको जन्म हुनु पार्कको निम्ति मात्र नभएर आगन्तुकहरूको निम्ति पनि अत्यन्त खुशीको कुरो बनेको छ।
जानकारी अनुसार ,नवजात शावकलाई जन्म दिने हिमाली कालो भालूको नाम फुर्बु हो। नवजात शावक अहिले आफ्नो आमा फुर्बुसँगै बसिरहेको छ। उसको लिंग केही दिनमा थाहा लाग्ने छ। उसको बुवाको नाम ध्रुब हो। ध्रुब र फुर्बुलाई केही साल अघि दार्जीलिङ ज़ू-बाट यहाँ ल्याइएको थियो। त्यसबेला ल्याइएका हिमाली कालो भालूहरूमा ध्रुब र फुर्बु बाहेक जेनिफर ,डेडी नामक अरु पनि हिमाली कालो भालूहरू बंगाल सफारी पार्कमा छन्।
पार्कका अधिकारीहरू नवजात शावकको आगमनमा अत्यन्त ख़ुशी छन्। शावक र आमा फुर्बु दुवै अहिले स्वस्थ छन्। पार्ककर्मीले दुवैको स्वास्थ्यप्रति ध्यान दिइरहेका छन्। अहिले हिमाली कालो भालूको जन्म अनि त्यसभन्दा पहिले रोयल बेंगल टाइगरको जन्म हुनुले पार्क प्रबन्धन अत्यन्त ख़ुशी तथा रोमांचित देखिन्छन्। आउँदो समयमा जिराफ,पानीहात्ती तथा बाघ ल्याउनेबारे सोच रहेको उनीहरू बताउछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement