सिलगढी: छुट्टीको दिन पनि मेयर गौतम देव सिलगढी नगर निगमको मुख्य कार्यालयमा ‘टक टु मेयर’ कार्यक्रममा उपस्थित भए। ईदको अवसरमा शनिबार सबै सरकारी कार्यालयहरू बन्द रहेता पनि मेयरले नगरपालिका कार्यालयमा आफ्नो पूर्वनिर्धारित कार्यक्रम पूरा गरे। यसदिन सदाझै उनले नगरवासीसँग फोनमा कुराकानी गरी उनीहरूका समस्याहरू सुने र रेकर्ड गरे।