अलिपुरद्वार: अलिपुरद्वार जिल्लाका विभिन्न भागहरूमा पनि ईद पर्व पूर्ण हर्षोल्लासका साथ मनाइयो। अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकमा रहेको कालचिनी बैशदुरा जामा मस्जिद लगायत अन्य मस्जिदहरूमा ईदको नमाज पढ्न युवादेखि लिएर वृद्धहरू भेला भएका थिए। ईदको नमाजपछि सबैजनाले एक-अर्कालाई अँगालो हालेर शुभकामना आदान-प्रदान गरेको देखियो। यो पवित्र ईद पर्वमा बृद्ध-बृद्धासँगै बाल-बालिकाहरूको पनि उत्तिकै सहभागिता देखिएको छ। कालचिनी बैसदुरा जामा मस्जिदमा हजारौ मानिसहरू भेला भएर इदको नमाज पढे। यससँगै हेमिल्टनगञ्जको जामा मस्जिदमा पनि ठूलो संख्यामा मानिसहरूले नमाज पढे।