जलपाइगढीका विभिन्न मस्जिदहरूमा ईद-को नमाज अदा गर्नेहरूको भीड

d96cb44f-3a26-41d6-85bc-425f3ab26c1c

जलपाइगढी: आज ईद-उल-जोहा-को उपलक्ष्यमा जलपाइगढीका विभिन्न मस्जिदहरूमा मुस्लिम धर्मावलम्बीहरूले ईदको नमाज अदा गरे साथै एक-अर्कालाई ईद मुबारक भन्दै बधाई दिए। पछिल्लो ३ वर्षमा कोरोना भाइरसका कारण इद पर्वमा केही समस्या परेको थियो। तर यो वर्ष तस्विर बिल्कुलै फरक थियो। धेरैले विभिन्न मस्जिदमा गएर इदको नमाज अदा गरे। नमाज पछि सबैले एक-अर्कालाई अभिवादन गरे।परिवारका सदस्यलाई मात्रै नभएर यसपटक सबैले एक-अर्कालाई अँगालो हालेर इदको शुभकामना दिए। ईदको अवसरमा परिवारका सदस्यहरू तथा इष्ट-मित्रहरु सबैलाई सेमाई, मिठाई खुवाइने चलन छ। यस्तै तस्विरहरू आज जलपाइगढीका विभिन्न भागहरूमा देखिएका छन्। ईदको अवसरमा शनिबार बिहानैदेखि जलपाइगढीका विभिन्न मस्जिदहरूमा भीड लागेको थियो। जलपाइगढीको पुरानो मस्जिद, नवाबबाडी र दिनबजारका मस्जिदहरूमा ईदको अवसरमा विशेष नमाजको आयोजना गरिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement