निरन्तर वर्षाले उत्तर जिल्लाको यातायात व्यवस्था प्रभावित

IMG-20220616-WA0141.jpg

गान्तोक। लगभग ५-६ दिनदेखि निरन्तर परेको वर्षाले राज्यको यातायात व्यवस्था प्रभावित बनेको छ। आज बिहान गएको भीषण पैह्रोले उत्तर जिल्लाको युमथाङ अनि जीरो पोइण्टतर्फ जाने सड़क मार्ग अवरोध भएको छ। माथिबाट आएको पैह्रोले सड़क क्षतिग्रस्त पुऱ्याएको छ भने यातायात सुचारू हुन कम्तिमा हप्ता दिन लाग्नसक्ने अनुमान लगाइएको छ। योसँगै चुङथाङदेखि लाचुङ जाने सड़क पनि खोलामा परिणत भएको छ।

चुङथाङदेखि १० किलोमीटर टाढ़ोमा माथिबाट झरेको पानीले खोल्दा नदीमा परिणत भएपछि सड़क मार्ग अवरुद्ध बनेको छ। स्थितिलाई ध्यानमा राखेर आज बिहान पर्यटकहरूको निम्ति युमथाङ अनि जीरो पोइण्टको निम्ति जारी परमिटलाई पनि रोकिएको छ। अब सड़क पुनः सुचारु भएपछि मात्र परमिट जारी गरिने थाहा लागेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement