दिलिप घोषले दिएको बयानलाई गोरामुमोद्वारा खण्डन

IMG-20230422-WA0194.jpg

खरसाङ: भाजपा राष्ट्रिय उपाध्यक्ष दिलिप घोषले उत्तर बंगाल विभाजन हुँदैन भनी दिएको बयानलाई गोरामुमो खरसाङ ब्राञ्च कमिटीले खण्डन गरेका छन्। ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भुपेन गुरुङले आज एक विज्ञप्ति जारी गर्दै भने, कालेबुङ भ्रमणको क्रममा भाजपा उपाध्यक्ष दिलिप घोषले दिएको बयानको हामी खण्डन गर्दछौं। उत्तर बंगाल विभाजन होस् कि नहोस् त्यो हाम्रो सरोकार होइन तर स्थायी राजनैतिक समाधान भनेको नै गोर्खाल्याण्ड हो भनेर हामी बुझ्छौं। अब दिनेले के दिन्छ हेर्निपर्छ। उत्तर बंगाल र गोर्खाल्याण्ड दुई अलग विषय हो।
११ जातगोष्टिमाथि दिएको बयानलाई पनि खण्डन गर्दै भुपेन गुरुङले भाजपाले ११ जातगोष्टि या छुट्टिएको जनजातिमाथि काम गर्दैछ भनी दिएको बयानलाई पनि चुनौती दिन्दै भने, जाति गोष्ठी विषय लिएर यो त केन्द्र सरकारसँग वार्ता भइसकेको र सम्बन्धित विभागहरुले यसमाथि कार्य गरिरहेको स्वयं जनजाति मामिला सम्बन्धि मन्त्रीले जानकारी गराइसकेका छन्।दार्जीलिङको भूभाग बंगालको कहिले पनि थिएन प्रशासनिक चलाउनको निम्ति १९५४ को एब्जर्ब एक्ट अनुसार दार्जीलिङमा गाभिएको हो त्यो पनि २०१८ मा एब्जर्ब एक्ट खारेज भइसकेका छन्। यसकारण दिलिप घोषले आफ्नो बयानलाई फिर्ता लिनु पर्छ भनी भुपेन गुरुङले जनाएका छन् ।गोर्खा जाति दुर्भाग्य पनि हो यदि २००७ मा छैटौं अनुसूची हुन दिएको भए २०१८ मा एब्जर्ब एक्ट खारिज हुदा छैटौं अनुसूची मार्फत गोर्खाल्याण्ड राज्यको निर्माण पनि भइसकेको हुने थियो भनी भुपेन गुरुङले आफ्नो विज्ञप्तिमा जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement