खरसाङ क्षेत्रमा मुस्लिम समुदायद्वारा ईद पालन

IMG-20230422-WA0163.jpg

भागोप्रमोद्वारा सम्मान कार्यक्रम

खरसाङ: मुस्लिम समुदायले आज ईद पालन गरेका छन्। यता खरसाङको पुरानो मस्जिद जामा मस्जिदमा ईद पालन गरिएको छ। यस अवसरमा मुस्लिम समुदायले ईदको नमाज पढ़ेका छन्। खरसाङको जामा मस्जिदमा बिहान ९:३० बजे खरसाङको मुस्लिम समुदायले नमाज पढ़ेका थिए। ईदको अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको पदाधिकारीहरू जामा मस्जिदमा आएर मुस्लिम समुदायलाई ईदको अवसरमा शुभकामना दिन्दै सम्मान गर्ने कार्यक्रम आयोजना गरेका थिए। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समिति सभापति सुवास प्रधान, केन्द्रीय सदस्य समीरदीप ब्लोन, सभासदहरू श्याम शेर्पा, प्रणाम रसाईली लगायत अन्यहरू उपस्थित रहेका थिए। त्यसरी नै खरसाङ थानाको आईसी निबेन्दु सरकार पनि ईदको शुभकामना दिनलाई खरसाङको मस्जिदमा उपस्थित रहेका थिए। यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ जामा मस्जिदको मौलानाले यसपाली खरसाङ क्षेत्रमा ईद राम्रोसितले पालन गरिएको अनि मौसमले पनि साथ दिएको बताएका छन् । उनले ईदको अर्थ खुशीयाली हो भन्दै ईदले भाईचारा पेगम ल्याएको बताए। उनले खरसाङमा रहेको पुरानो मस्जिदमा टाड़ा टाड़ाबाट मानिसहरू ईद मनाउनु आउने गरेको र यसपाली खरसाङमा ईदको अवसरमा बिहान ९:३० बजे नमाज पढ्ने समय राखिएको बताएका छन्। त्यसरी नै ईदको अवसरमा शुभकामना दिनलाई खरसाङको जामा मस्जिदमा आएका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति एंव जीटीए जन सम्पर्क अधिकारी सुवास प्रधानले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको निर्देशनमा आज हामी ईदको अवसरमा खरसाङको पुरानो जामा मस्जिदमा आएर मुस्लिम समुदायलाई शुभकामना चढ़ाएको बताएका छन्। उनले हामी सबै एक भएर हिँडिरहेका छौं र भविष्यमा पनि सँगसँगै पहाड़को विकास र शान्तिको लागि एकैसाथ हिँडनेछौं भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement