गान्तोक। राज्यमा बढदो नशालु पदार्थको घटनालाई लिएर आज सिक्किम पुलिसको एउटा बैठक पुलिस अधिक्षक तेञ्जिङ लेप्चाको उपस्थितिमा सम्पन्न भयो। बैठकमा एएसपी सोनम दिछु भोटिया, एसडीपीओ प्रकाश सुब्बा, एसएचओ मिङ्गुयर टी नाडिक, सिक्किम, दार्जीलिङ, सिलगढी र कालेबुङका डेटोक्सीफिकेसन र रिहाविलिटेसन सेन्टरका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। यस अवसरमा सबै प्रतिनिधिहरूले आफ्नो अनुभव बाँडदै समाजबाट कसरी नशालु पदार्थलाई नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा चर्चा परिचर्चा गरियो। आगामी दिनमा सदर पुलिसले पूर्नावास केन्द्रको सहयोगमा सामाजिक एकीकरण कार्यक्रम आयोजना गरिने निर्णय लिएको छ। नशालु पदार्थ सेवनकर्ताहरूलाई पूर्नावास केन्द्रमा भर्ना गराउन पूर्नावास केन्द्र सञ्चालकहरूले सहयोग पुऱ्याउनु पर्ने आग्रह गरेको छ।