कोविड़ भारत: कोरोनाको सक्रिय मामिला बढेर ६७,५५६

IMG-20230322-WA0137.jpg

कोरोनाको १२,१९३ नयाँ मामिला, ४२ जनाको मृत्य

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १२,१९३ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४८,८१,८७७ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले कुल ४२ नयाँ मृत्युसँगै यस रोगका कारण मृत्यु हुनेको संख्या ५,३१,३०० पुगेको छ। यसरी नै यस अवधिमा १०,७६५ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४२,८३,०२१ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.६६% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ६७,५५६ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता ६.१७ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता ५.२९ प्रतिशत रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,९७,४७७ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,५२,७४,७९९ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ५,६०२ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६६,३७,५८१ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement