जोरथाङ आज जोरथाङस्थित जोनल पार्टी कार्यलयमा एसडीएफ पार्टी प्रचार-प्रसार मामिला र सामाजिक सञ्जाल प्रकोष्ठको संयुक्त सभा सम्पन्न गरियो। प्रचार-प्रसार मामिलाका उपाध्यक्ष कृष्ण खरेलको अध्यक्षतामा सम्पन्न यस सभामा पश्चिम र दक्षिण जिल्लाका विभिन्न पदाधीकारीहरूले उपस्थित जनाए।
यस सभाको मूल एजेन्डा एसडीएफ पार्टी सामाजिक सञ्जाल र प्रचार-प्रसार मामिलाको भावी कार्यक्रम र रणनीति तयार गर्न रहेको थियो। यस एजेन्डामाथि खुल्ला बहस, अन्तर्क्रिया र चर्चा परिचर्चा गरी विभिन्न निर्णयहरू आजको सभामा लिइयो। यसका साथै राज्यको वर्तमान अवस्थाप्रति जनतालाई सजक र सचेत तुल्याउन प्रचार-प्रसार मामिला र सामाजिक सञ्जालले समयसापेक्ष कार्यनीति अपनाउने सभाले अर्को निर्णय पनि लिइयो।
पश्चिम-दक्षिण जिल्लाका उपाध्यक्ष-प्रभारी श्री जे बी दर्नाल, प्रचार-प्रसार मामिला (दक्षिण-पश्चिम) उपाध्यक्ष-प्रभारी एम एन दाहाल, प्रचार-प्रसार मामिला उपाध्यक्ष डा. कविता सुब्बा, समाजिक सञ्जाल प्रकोष्ट उपाध्यक्ष बराप नामग्येल भोटियाले सभाको एजेन्डासम्बन्धित आआफ्ना विचार साझा गरे।
अध्यक्षीय सम्बोधनमा कृष्ण खरेलले राजनीतिक पार्टी भनेको सेवाको केन्द्र हो। त्यसर्थ राजनीतिक पार्टीका कार्यकर्ताहरूको योगदानले नै पार्टी जिवन्त हुन्छ। सेवाको काममा अनेकौं समस्याहरू हुन्छन् हामीसँग जेजति साधन र श्रोतको उपलब्धता छ त्यहीबाट समाजलाई नयाँ मार्गदर्शन दिन सिर्जनात्मक र प्रगतिशील बन्न आवश्यक रहेको बताए। त्यसरी नै उनले हाम्रो पार्टी जनवादी पार्टी हो। र ,यो सामुहिक जिम्मेवारी र सामुहिक निर्णयबाट सञ्चालित हुने भएकोले हाम्रो पार्टीको प्रजातान्त्रिक सिद्धान्तलाई अङ्गीकार गरी सबैले पार्टीप्रतिको जिम्मेवेरी निर्वाह गर्नु पर्छ भने।
सम्बोधनको क्रममा उनले हाम्रो अघाडी २४-को लक्ष्य छ र सिक्किमे जनताको भाग्य र भविष्यको सवाल छ, हाम्रो अस्तित्व र अस्मिताको सवाल छ। त्यसैले हामीले आफ्ना व्यक्तिगत गुनासोलाई परा राखेर अब्बल नेता पवन चामलिङको नेतृत्वमा जितको लक्ष्य प्राप्त गर्न दृढ सङ्कल्पित भई अघिबढौं भने।
प्रचार-प्रसार मामिला महासचिव श्रीमती जुडी राईद्वारा सञ्चालित आजको सभामा स्वागत भाषण प्रचार-प्रसार मामिला महासचिव सुश्री दिव्या शर्माले स्वागत भाषणसहित सभाको औचित्य र महासचिव प्रशासन (जोनल कार्यलय) पीएस लिम्बूले धन्यवाद ज्ञापन राखे।









