गान्तोक। मन्त्री कर्मा लोडे भोटियाले हिजो आफ्नो निर्वाचन क्षेत्र कवि लुङचोकको भ्रमण गरे। भ्रमणको क्रममा विशेष गरेर उनले रारिक प्राथमिक सरकारी पाठशालाको निरीक्षण गर्दै त्यहाँका विद्यार्थी साथै शिक्षकवर्गसँग अन्तक्रिया पनि गरेको जानकारी गराएको छ। अन्तक्रियाको क्रममा पाठशालाको तर्फबाट मन्त्री समक्ष फेन्सिङ लगाउनु पर्ने माग गरे। यसै क्रममा उनले रेङगोङ वार्डमा सिक्किम गरीब आवास योजना अन्तर्गत निर्माण गरिएको दुई वटा घरको पनि उदघाटन गरे।











