सिक्किम उपचुनाउः एक जिल्ला अनि तीन ग्राम पञ्चायत वार्डमा मतगणना सम्पन्न

IMG-20230422-WA0003.jpg

गान्तोक: राज्यमा हिजो सम्पन्न पञ्चायत उपचुनाउको आज मतगणना सम्पन्न भयो। उल्लेखनीय छ, हिजो राज्यका एउटा जिल्ला पञ्चायत र तीनवटा ग्राम पञ्चायत वार्डमा चुनाउ सम्पन्न भएको थियो। उत्तर सिक्किमको मंगन जिल्लाअन्तर्गत नामोक सोयम जिल्ला पञ्चायत क्षेत्रको निम्ति भएको उपचुनाउमा नोर्जाम भोटिया विजयी बनेकी छन्। उनले जम्मा ४५० मत प्राप्त गरेकी छन्। अर्कोतिर उनको एकमात्र प्रतिद्वन्द्वी श्रीमती पेमा ल्हाड़ेन भोटियाले ३३० मत प्राप्त गरेकी छन्। १२ मत भने नोटामा गएको छ। मंगन जिल्लाकी चुनाउ पर्यवेक्षक श्रीमती किन्चा डोमा भोटियाको निगरानी अनि अन्य सम्बन्धित अधिकारीहरूको उपस्थितमा स्थानीय जिल्ला भवनमा मतगणना भएको थियो।

यसरी नै हिजो तीनवटा ग्राम पञ्चायत वार्डमा सम्पन्न उपचुनाउको पनि परिणाम आएको छ। नाम्ची जिल्लाअन्तर्गत अप्पर छरलमथाङ वार्डमा भएको चुनाउमा शिव कुमार कामी विजयी बनेका छन्। उनले कूल ३:३० मत प्राप्त गरेका छन्। यसरी नै लोवर गाङ्ग्योङ वार्डमा निमु लेप्चा २९७ मत पाएर विजयी बनेका छन्। आज बिहान ९:३० बजी माम्चीस्थित जिल्ला प्रशासनिक केन्द्रमा पञ्चायत रिटर्निङ अफिसर एम भरानी कुमारको निगरानीमा मतगणना शुरु भएको थियो। उल्लेखनीय छ, नाम्ची जिल्लाअन्तर्गत अप्पर फालिडाँड़ा पञ्चायत वार्डमा भएको उपचुनाउणा पहिलेबाट नै श्रीमती बिनु राई निर्विरोध बिजयी बनेकी छन्।
अर्कोतिर पाकिम जिल्लाको लिङ्के वार्डमा भएको उपचुनाउमा श्रीमती हरि माया शर्मा विजयी बनेकी छन्। उक्त वार्डमा कूल ३६० मत खसेको थियो भने श्रीमती शर्माले ती मध्ये २१९ मत प्राप्त गरेकी छन्। स्थानीय डिकलिङ वरिष्ट माध्यामिक विद्यालयमा रिटर्निङ अफिसर तथा जिल्लापाल टाशी छोपेलको निगरानीमा मतगणमा भएको थियो।

उल्लेखनीय छ, मंगन जिल्लाको गेरी वार्ड र गेजिङ जिल्लाको लोवर तिक्ज्या वार्डमा पनि उपचुनाउ भएको थियो जसमा नाम्ची जिल्लाको अप्पर फालिडाँड़ामा जस्तै उम्मेद्वार निर्विरोध विजयी बनेका छन्। ती वार्डहरूका विजयी उम्मेद्वारहरूमा क्रमैले श्रीमती पासङ ल्हमु शेर्पा र सुश्री भीमा राई रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement