मन्त्री केएन लेप्चाले गरे बङतेन उच्चत्तर माध्यमिक विद्यालय भवनको उदघाटन

IMG-20230422-WA0000.jpg

गेजिङ: बङ्तेन माध्यमिक विद्यालयलाई बढोत्तरी गरेर उच्चत्तर माध्यमिक विद्यालय बने पछि राज्यका शिक्षा विभाग मन्त्री कुङ्गा निमा लेप्चाले आज विद्यालय भवनको उदघाटन गरे। यो सँगै उनले विद्यालयद्वारा तयार गरिएको पुस्तकालयको पनि उदघाटन गरेका छन्। उदघाटन समारोहलाइ सम्बोधन गर्दै मुख्य अतिथी एव मन्त्री लेप्चाले गरिब गाउँका नानीहरुले उच्च शिक्षा लिन असुबिधा नहोस भन्ने उदेश्यले यस विद्यालयलाई सरकारले बढोत्तरी गरेको बताए। यस विद्यालयलाई नमुनाको विद्यालय बनाउनु पर्ने मन्त्री लेप्चाले शिक्षकवर्गलाई आग्रह गरे। विभागको नियम अनुसार विद्यालय सञ्चालन समितिले यस विद्यालको हेरचाह गर्नुपर्ने सुझाउ दिए।

उनले विद्यालयको पुर्वधार बिकासको निम्ति काम गर्ने वचन दिए। विद्यालयमा पढाउने शिक्षक र विद्यार्थीहरूसँगै अभिभावकहरुले पनि विद्यालयलाई योगादन पुऱ्याउनु पर्ने अपील गरे। सिक्किममा शिक्षा क्षेत्रमा सरकारले सबैभन्दा बेसी काम गरेको जानकारी दिदै विभिन्न योजनाबारे बिस्तृतरूपमा अवगत गराए। गाउँको सबैभन्दा ठूलो बिकास भनेको नै शिक्षा हो यसर्थ शिक्षाको विकास भए मात्र समाज र गाउँको विकास हुन सक्ने जनाए। सिक्किमा आफ्नै धेरै विश्वविद्यालय रहेको कारण विद्यार्थीहरूले यसको लाभ उठाउनु पर्ने सुझाउ दिए। कतिपय विद्यालयहरूमा शिक्षकको अभाव रहेको स्वीकार्दै मन्त्रीले यस विषयमा विभागले पहल शुरू गरेको पनि आफ्नो सम्बोधनमा जानकारी गराए।

यस विद्यालयमा विद्यार्थीहरूको संख्या पनि राम्रो नै रहेको र यस वर्षको सत्रदेखि कक्षा एघार संचालन गर्न विभागले अनुमति दिइसकेको उनले थप बताए। विद्यालयमा विद्यर्थीहरूको संख्यामा वृद्दि गर्न गाउँलेहरूको पनि ठूलो भूमिका हुने गरेको उनले उल्लेख गरे। शिक्षकवर्गले स्थान्तरण माग्ने गरेको कारण विद्यालयमा शिक्षकहरूको कमी हुन गएको उनले जानकारी गराए। अबोप्रान्त शिक्षकहरूले स्थान्तरण नमाग्ने पनि उनले आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement