नाम्ची। दक्षिण सिक्किमको समरदुङमा हिजो राति ११.३० बजीतिर भएको वाहन दुर्घटनामा एकजनाले ज्यान गुमाएका थिए भने आज एसकेएम श्रमिक मोर्चाका अध्यक्ष प्रेमराज गुरुङले स्थलगत निरीक्षण गरे। उक्त दुर्घटनामा ज्यान गुमाउने पश्चिम बंगाल गोरुबथान निवासी हुन् भने अर्का एकजना गम्भीर घाइते भएका छन्। उनलाई उपचारको निम्ति सिलगड़ी लगिएको थाहा लागेको छ। उनी सोमवारे निवासी हुन्। दुर्घटनामा ज्यान गुमाउने अनि घाइतेका परिवारलाई कम्पनीले क्षतिपूर्ति प्रदान गर्नुपर्ने भएको अध्यक्ष प्रेमराज गुरुङले जानकारी गराएका छन्। समाचार लेखुञ्जेल त्यहाँ सड़क अवरोध भएको छ।
विशेष सूत्रमार्फत प्राप्त जानकारी अनुसार, एलकेम कम्पनीको बस सड़कमा गुड़िरहेको समयमा माथिबाट पैह्रोको ढुंगा झरेर लाग्दा उक्त दुर्घटना भएको थाहा लागेको छ।