वाहन दुर्घटनामा ३ काे मृत्यु, २ गम्भीर घाइते

accident11-1.jpg

गान्तोक: पाकिम जिल्ला अन्तर्गत बिरिङमा हिजो एउटा वाहन दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते बनेका छन्। मृत्यु हुनेहरूमा वाहनका चालक पेम छिरिङ लेप्चा, सुरेन राई र बिनोद राईकोरूपमा पुलिसले चिन्हित गरेको छ। उक्त वाहन सडकदेखि दुईसय पचास फिट तल खस्दा यस प्रकारको घटना भएको हो। वाहन के कारणले दुर्घटना भयो भन्नेबारे अहिलेसम्म थाह पाउन सकेको छैन्।

यसरी नै घाइते हुनेहरूमा शान्ति राम दङ्गाल र सूरज राई सामेल रहेका छन्। घाइते द्वयलाई नयाँ एसटीएनएम अस्पतालमा उपचारको निम्ति भर्ना गरिएको र दुवै अवस्थामा सुधार आएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement