नयाँ दिल्ली: जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाले बिहीबार श्री अमरनाथ यात्राको निम्ति अनलाइन हेलीकप्टर बुकिङ सेवा पोर्टल लाञ्च गरेका छन्। अब यात्रीले यस पोर्टलबाट हेलीकप्टरको निम्ति अनलाइन बुकिङ गर्न सक्नेछन्। उप राज्यपाल मनोज सिन्हाको कार्यालयले ट्वीटको माध्यमले जानकारी दिएको छ, श्री अमरनाथ यात्राको निम्ति अनलाइन हेलीकप्टर बुकिङ सेवा पोर्टल लाञ्च गरे। अब श्रद्धालुले श्रीनगरदेखि पंचतरणीसम्म सजिलै एकै दिनमा यात्रा पूरा गर्न सक्नेछन्। राम्रो कनेक्टिविटीको निम्ति श्रीनगरबाट हेलीकप्टर सेवाहरू शुरू गर्नका लागि सरकारले लामो समयदेखि प्रयास गरिरहेको थियो। अब हेलीकप्टर बुकिङको निम्ति श्रद्धालुले सजिलै श्राइन बोर्डको वेबसाइटमा लग-इन गर्न सक्छन्।
श्री अमरनाथ यात्रा यसै महिना ३० जूनदेखि शुरू भइऱहेछ, जुन रक्षाबन्धनसम्म जारी रहनेछ। अमरनाथ यात्रा गत दुई वर्षदेखि कोरोना महामारीको कारण स्थगित रह्यो। दुई वर्षपछि शुरू हुने श्री अमरनाथ यात्राको निम्ति श्रद्धालुहरूमा भारी उत्साह छ र यस यात्राको निम्ति सुरक्षाको कड़ा व्यवस्था गरिएको छ।