दार्जीलिङ: जीटीए सभाको सत्ता चौकीमा बस्नेहरूले आफुले बन्द गरेको चिया बगानहरू खोल्दै श्रमिकहरूको माझमा दूधको सोझो बिरालो हुन खोज्दैछ भनी हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्डले बताएका छन्। दार्जिलिङको माल रोडस्थित पी कोठीमा हाम्रो पार्टीको केन्द्रीय कार्यालयमा आज हाम्रो पार्टीको सांगठनिक सभा सम्पन्न भयो। उक्त सभालाई सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष अजय एडवर्डले जीटीएको सत्ता चौकीमा बस्नेहरूले चिया बगानहरू आफैले बन्द गरेर फेरि सिलगढीको एक होटलमा बैठक बोलाएर खोल्ने नाटक रचेर श्रमिकहरूबीच दूधको सोझो बिरालो हुन खोज्दैछ भनी आरोप लगाएका छन्। पार्टी अध्यक्ष अजय एडवर्डले भने, ‘चिया बगानहरूको समस्याको समाधान श्रमायुक्त एंव श्रम विभागीय कार्यालयहरूमा हुने गर्छन् तर यहाँ सिलगढीको होटलमा बैठक डाकेर कुनै व्यापारीको हातमा बगान सुम्पिने काम हुँदैछ।सरकारले चिया बगानहरूको १५ प्रतिशत जमीन टुरिज्म क्षेत्रको निम्ति प्रयोग गर्ने अनुमति दिएको छ। आज केही वर्ष अघि सिलगढीको एक चिया बगानको चियाको बुट्टाहरू उखलेर महलहरूको निर्माण गर्ने कार्य गरिसकेको छ। व्यापारीहरूलाई चियाको बुट्टाभन्दा चिया श्रमिकहरूको हितभन्दा थुप्रै महलहरूको निर्माण गरेर करोडौं रूपियाँको मुनाफा कमाउने रहेको स्पष्ट देखिन्दैछ यस्तै मुनाफा खोरीहरू व्यापारीहरूलाई पहाडमा भित्राउने कार्यहरू भईरहेको छ।’
हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले अघि भने, जीटीए सभाको दोस्रो सभामा गोर्खाल्याण्डको वार्ता शुरू गरिनुपर्छ भन्ने प्रस्ताव पारित गरेको थियो तर बंगाल विधानसभामा राज्यको एक जिम्मेवार मंत्रीले नेपाली भाषी गोर्खाहरू अनुप्रवेशकारी रहेको बताउँदा गोर्खाल्याण्डको प्रस्ताव पारित गरेर नौटंकी गर्नेहरू कानमा तेल हालेर बस्यो। मंत्रीको बयानको विरोधमा हामीले ९ जना सभासदहरू गोर्खा रंगमंच परिसरमा अनशनमा बस्दा जीटीए सत्ताको चौकीमा बस्नेहरूले हामी विरूद्व पुलिसमा प्राथमिकी दर्ता गरयो। नेपाली भाषीहरूलाई अनुप्रवेशकारी भन्दा उनीहरूको मन नदुख्नु,उनीहरूलाई कुनै असर नै नपर्नु यो कस्तो विडम्बना भन्दै उनीहरूको शरीरमा गोर्खाली खून नै बग्दैछ के? गोर्खालाई नेपालको भन्दा चूप लागेर बस्नु भनेको उनीहरूको कसको कठपुतली हो यो तपाईहरू आफै बुझ्नुहोस्।’
एडवर्डले अझ भने, ‘देश स्वतन्त्र भएको ७६ वर्षपछि केन्द्र सरकारले अन्य क्षेत्रहरूमा सरह दार्जीलिङ पार्वतीय क्षेत्रमा घर जल योजना जारी गरेको छ। तर यसमा पनि परशनटेसको मांग गरेेको सार्वजनिक भएको छ।पानी जस्तो विषयमा पनि पर्शनटेसको मांग गर्नु भनेको योभन्दा नीच कार्य शायद संसारमा अरू छैन होला। गोर्खाल्याण्ड हाम्रो मुटुको ढुक ढुकी हो तर गोर्खाल्याण्डसंगै शिक्षा ,स्वास्थ्य, बेरोजगार पनि हाम्रो मुद्वा हो। टेट परीक्षाको नाममा हाम्रो शिक्षित भाइ बहिनीहरूलाई ठग्ने काम गरेको छ जो सहन योग्य विषय होइन।’










