खरसाङ: टेट परीक्षाको विरोध गर्दै खरसाङ बजारमा हाम्रो पार्टीले पोस्टरिङ गरेको छ। गत केही दिन अघि जीटीएको पूर्व चेयरम्यान एंव वर्तमान सभासद बिनय तामाङले विगत २०२१ मा सम्पन्न सम्पन्न भएको टेट परीक्षा चुनावी खर्च संग्रह गर्ने एक योजना रहेको खुलासा गरेपछि अहिले दार्जीलिङ पार्वतीय क्षेत्रमा टेट परीक्षालाई लिएर व्यापक रूपमा विरोध भईरहेको छ। आज खरसाङ बजारमा हाम्रो पार्टीले टेट परीक्षाको विरोध जनाउँदै व्यापक रूपमा पोस्टरिङ गर्ने काम गरेको छ। यसै सन्दर्भमा हाम्रो पार्टी खरसाङ महकुमा समिति संयोजक सुमन तामाङले गत २०२१ मा सम्पन्न भएको टेट परीक्षा फर्जी थियो भन्ने हामीलाई थाहा थिएन। गत केही दिन अघि जीटीएको पूर्व चेयरम्यान एंव नर्तमान सभासद बिनय तामाङले एक समाजिक सञ्जालमा २०२१ मा जीटीएद्वारा आयोजित टेट परीक्षा फर्जी रहेको बताएपछि हामी सम्पूर्ण पहाडवासी अचम्भित बनेका छौं भनी बताएका छन्। टेट परीक्षामा ४४ हजारभन्दा धेर परिक्षार्थीहरूले अंश ग्रहण गरेका थिए अनि परीक्षा शुल्कको नाममा परीक्षार्थीहरूबाट संग्रह गरिएको राशि जीटीएले इमान्दारितापूर्वक फिर्ता गर्नु पर्ने संयोजक तामाङले बताए। स्मरण रहोस् हाम्रो पार्टीले जीटीएले डाकेको टेट परीक्षाको विरोधमा उच्च न्यायालयमा जन याचिका दर्ता गर्ने अवगत गराई सकेका छन् भने टेट परीक्षाको नाममा २ करोड रूपियाँभन्दा धेर राशि संग्रह गरेका थिए भन्दै यी सबै विषयहरूको सीबीआई जाँच गरिनु पर्ने मांग गरिरकेका छन्।










