दार्जीलिङ: दार्जिलिङको लेबोङ बदमताम समष्टिको ९० भन्दा धेर परिवारहरू हाम्रो पार्टीमा सामेल भएका छन्। दार्जिलिङको माल रोडस्थित हाम्रो पार्टीको केन्द्रीय कार्यालय पी कोठीमा आज हाम्रो पार्टीको एक सभा सम्पन्न भएको थियो। उक्त सभामा हाम्रो पार्टीको लेबोङ बदमताम समष्टि संयोजक साकाल देवानको नेतृत्वमा ९० भन्दा धेर परिवारहरूले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितामाथि आस्था र भरोसा राख्दै हाम्रो पार्टीमा सामेल भएका छन्। यसै सन्दर्भमा हाम्रो पार्टीको लेबोङ बदमताम समष्टि संयोजक साकाल देवानले बताए अनुसार आज हाम्रो पार्टीमा समर्थन जनाउनेहरूमा लोवर गिङ्ग काँफेबारी डिभिजनबाट ४० घर,अप्पर र मिडल हर्सिङबाट २५ घर,ग्यालेन्टरबाट ३० घर लगायत अन्य क्षेत्रहरूका परिवारहरूले हाम्रो पार्टीलाई समर्थन जनाएको उनले बताएका छन्।

हाम्रो पार्टी भनेको स्वच्छ सोच र प्रगतिशील विचारधारा भएका पार्टी रहेको हुनाले हाम्रो पार्टीसंग आत्मासात गर्दै अघि बढ्ने वाचाहरू गरेको देवानले बताए। उनले अघि भने, विगत २०२१ मा सम्पन्न भएको टेट परीक्षाको सत्यता खुलासा भएको छ। हाम्रो शिक्षित युवा जमातहरूसंग यस्तो प्रकारको खेलवाड गर्नेहरूलाई कठोरभन्दा कठोर सजाई दिने अठोट गरिसकेका छौं। आगामी केही दिनभित्रमा नै हामी उच्च न्यायालयमा जन याचिका दर्ता गर्नेछौं। टेट परीक्षाको सीबीआई जाँचको मांग गर्नेछौं।’










