नयाँ पेन्सन स्किम चाँडै रद्द गरिनुपर्ने माग गर्दै आन्दोलन

Untitled-1-copy-150

सिलगढी: केन्द्रको नयाँ पेन्सन स्किम २००४ सालदेखि लागू भएपछि सरकारी कर्मचारी तथा सेवानिवृत्त कर्मचारी समस्यामा परेका छन्‌। यसैले गर्दा नेशनल जोइन्ट काउन्सिल अफ एक्सन कमिटीले उक्त नयाँ पेन्सन स्किम चाँडै रद्द गरिनुपर्ने माग गर्दै देशभरिमै आन्दोलन गरिरहेको छ। उक्त मागलाई लिएर विभिन्न संगठनहरूले आन्दोलन गरिरहेको छ। प्रत्येक महिनाको २१ तारिखको दिन विभिन्न कार्यक्रमको माध्यमद्वारा पेन्सन स्किम रद्द गरिनुपर्ने मागमा आन्दोलन गरिरहेको छ। यसै कार्यक्रमको अंशको रूपमा रेलवे मजदुर युनियन एनजेपी शाखाले आज एनजेपी रेलवे एरिया अफिस अघि धरना प्रदर्शन गर्यो। यस अवसरमा संगठनका शाखा सचिव सौम्यद्वीप कर्मकारले भने, आफूहरूको माग पुरा नगरेको खण्डमा आगामी १९ सेऐ्टेम्बरमा भारत बन्द गर्न बाध्य हुनेछौँ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement