पाकिमः पाकिम जिल्ला अन्तर्गत लिङ्के पारखा जीपीयूको लिङ्के वार्डमा सम्पन्न भएको पञ्चायत उप-चुनाउमा हरिमाया शर्मा विजय बनेकी छिन्। पाकिम जिल्ला प्रशासनिक केन्द्रमा शुक्रवार भएको मतगणनापछि उनलाई विजेता घोषणा गरियो। मतगणना जिल्लापाल एवं पीठासीन अधिकारी टाशी छोपेल, एसडीएम अनुपा तामलिङ तथा अन्य अधिकारीहरूको उपस्थितमा सम्पन्न गरियो। यस वार्डको निम्ति कूल ३६० मतदाताले मतदान गरेका थिए भने विजयी उम्मेदवारले २१९ भोट प्राप्त गरिन्।
मतगणनापछि श्रीमती शर्मालाई जिल्लापालको बाहुलीद्वारा प्रमाणपत्र प्रदान गरियो। यसपछि, ईभीएमहरू स्ट्रङ रूममा सील गरियो। जिल्लापालले मततदानमा सहभागी बन्ने सम्पूर्ण मतदाताहरूलाई धन्यवाद दिएका छन्।










