ट्रकले एक्कासी ब्रेक लगाउँदा मोटरसाइकल चालक गम्भीर घाइते

IMG-20230421-WA0288.jpg

जलपाईगुडी: अगाडी गुडिरहेको ट्रकले एक्कासी ब्रेक लगाउँदा मोटरसाइकल सवार सीधै ट्रक मुनि पसे। यो घटनाले जलपाईगुडी जिल्लाको धुपगुडीमा सनसनी मच्चाएको छ। धुपगुडीको गोयरकाटा एसियाली राजमार्ग ४८ हरिमन्दिर क्षेत्रमा सडक दुर्घटनामा मोटरसाइकल चालक घाइते भएको घटनाले सनसनी मच्चाएको छ। शुक्रबार बेलुकी करिब ५ः३० बजे धुपगुडीबाट गोयरकाटातर्फ सोही दिशामा जाँदै गरेको ट्रकले अचानक ब्रेक लगायो र मोटरसाइकल चालक ट्रकको पछाडि भागको मुनीपट्टी पसे। दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् भने मोटरसाइकल घटनास्थलमै पल्टिएको छ। उनलाई स्थानीयले हत्त-पत्त उद्धार गरी उपचारका लागि धुपगुडी ग्रामीण अस्पताल पुर्याएका छन्। त्यसपछि धुपगुडी थानाका पुलिस र दमकल विभाग आएर मोटरसाइकल र ट्रकलाई नियन्त्रणमा लिएको थियो ।घटनाबारे अनुसन्धान सुरु गरिएको छ। मोटरसाइकल चालकको घर धुपगुडीको हरि मन्दिर क्षेत्रमा रहेको बताइएको छ। उनको नाम अमरनाथ घोष (२७) हो। घाइतेको अवस्था गम्भीर रहेकोले उनलाई धुपगुडी अस्पतालबाट जलपाईगुडी रिफर गरिएको छ। धुपगुडी पुलिस चौकीले घटनाको सम्पूर्ण अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement