खरसाङ: सरकारी आवसीय याेजना हाउस फर अलको घरको निरीक्षण गरी रिपोर्ट तयार गर्ने धारावाहिक कार्यक्रमलाई अघि बढ़ाउँदै भगोप्रमो खरसाङ महकुमा समितिकाले खरसाङ नगरपालिकाको वार्ड नम्बर ९ को रिपोर्ट तयार पारेको छ। महकुमा समितिको सह सचिव बिशाल शर्मा अनि ९ नम्बर वार्डका नारी शक्तिका सदस्याहरुको सहयोगमा आज वार्ड नम्बर ९ काे आईबी बङ्लोदेखि पीएचई, सुधपा टोल अनि मन्टीभियटसम्म लाभार्थीहरुको घर दैलोमा पुगेर २७ वटा घरको रिपोर्ट तयार गरेको जानकारी भागोप्रमो खरसाङ टाउन कमिटीको प्रचार प्रसार सचिव सञ्जय रावतले जानकारी गराएका छन्। उक्त रिपोर्ट तयार गर्नमा भागोप्रमो खरसाङ टाउन कमिटीका उपाध्यक्ष संदिप बल, सह सचिवद्वय बीरबल पाख्रीन, संजय मुखिया, नारी शक्तिका उपाध्यक्षा पन्चु बल, चित्रकला लामा, मूल सचिव दिपा छेत्री, सह सचिव अन्जु कार्की, नितु गुरुङ, निर्मला बराइली टाउन कमिटी कार्यकारीणी सदस्य बिकाश तामाङ, श्याम प्रधान, सन्नी तामाङ, प्रणय तामाङ, कल्याण मोक्तान तथा वार्ड नम्बर ११ का नारी शक्तिका अध्यक्षा अनु प्रधान, सह सचिव रोशनी लामा उपस्थित रहेका थिए।










