एसजेडीएद्वारा डुवर्समा ६ करोडको खानेपानी परियोजनाको उद्घाटन

93f1c0f3-8ca8-4b76-87ad-318c1d296490

जलपाइगढी: पञ्चायत चुनाव अघि एसजेडीएले डुवर्समा ६ करोड रुपियाँको खानेपानी परियोजनाको उद्घाटन गरेर लगभग दुई हजार स्थानीय बासिन्दाहरूको तिर्खा मेटाएको छ। शुद्ध पिउने पानी पाएपछि आदिवासी चिया मजदुर र तिनका आफन्तहरू खुसी भएका छन्। जलपाइगढी जिल्लाको माल ब्लकमा लामो समयदेखि पिउने पानीको अभावले समस्यामा परेका कुमलाई, रांगामाटी, मानाबारी, मिङ्लास चिया बगानका मजदुरहरूका लागि शुक्रबार स्मरणीय दिन बन्यो।सिलगढी जलपाइगढी विकास प्राधिकरणको पहलमा ६ करोडको लागतमा पानी परियोजनाको उद्घाटन गरियो। यसैबीच प्रत्येक वर्ष तापक्रम बढ्दै गएपछि भूमिगत पानीको सतह पनि घट्दै गएको छ। यससँगै डुवर्सका यी चार चिया बगानमा रहेका करिब २ हजार आदिवासी मजदुरका परिवारमा खानेपानीको संकट गहिरिँदै गएको थियो। उक्त उद्घाटन कार्यक्रममा सरिता मुण्डा, दीपक लोहार लगायत हजारौं आदिवासी चिया मजदुर परिवारको उपस्थिति रहेको थियो। उनीहरुले खुसी व्यक्त गर्दै , लामो समयदेखि तिर्खा मेटाउन टाढा जानुपर्ने भए पनि अहिले त्यो समस्या हटेको बताए। अर्कोतर्फ सौरभ चक्रवर्तीले भने, ‘यो रांगामाटी चिया बगानमा पहिले जुन पानी यी मजदुर परिवारहरूले पिउने गर्थे, त्यो पानी बोतलमा लगेर मुख्यमन्त्रीलाई देखाएको थिएँ। मुख्यमन्त्री आज हामी सबैको सपना साकार भयो। सबैले शुद्ध खानेपानी पाए ।” उक्त शुद्ध खानेपानी आयोजनाको शुक्रबार एसजेडीए अध्यक्ष सौरभ चक्रवर्तीले उद्घाटन गरेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement