‘के सरकारी विद्यालयका बालबालिकालाई मात्रै गर्मी लाग्छ’

0d28dc9a-3e98-4aed-ae6b-0742318edd15

सिलगढी: के यो गर्मी केवल सरकारी विद्यालयका बाल-बालिकाहरूलाई मात्र लाग्छ, निजी विद्यालयका बाल-बालिकाहरूलाई लाग्दैन,एक निजी विद्यालयकी प्रधानाध्यापिका यसो भन्छिन्। उल्लेखनीय छ कि उत्तर बङ्गाल सहित पूरै राज्यले विगत केही दिनदेखि अत्याधिक गर्मीको सामना गरिरहेको छ। चर्को घाममा विद्यालयमा बालबालिका बिरामी पर्न थालेका छन्। यसैलाई ध्यानमा राख्दै पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले तराई क्षेत्रका विद्यालयहरू सात दिनका लागि बन्द गर्ने घोषणा गरेकी छिन्। निजी विद्यालयका लागि यो निर्देश त्यति प्रभावकारी भएन। सिलगढी र वरपरका प्राय सबै निजी विद्यालयहरू खुला छन्। जसका कारण निजी विद्यालयमा विशेषगरी साना बालबालिकाका लागि शिक्षक-शिक्षिका चिन्तामा परेका छन्। सरकारी विद्यालयका बालबालिकालाई मात्रै गर्मी लाग्छ कि भनेर निजी विद्यालयका शिक्षक-शिक्षिकाहरू बताउँछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement