पञ्चायत उप-चुनाउः मतगणना सम्पन्न, निर्वाचित उम्मेदवारहरूलाई प्रमाणपत्र प्रदान

Untitled-1-copy-144

नाम्चीः नाम्ची जिल्लामा भएको पञ्चायत उप-चुनाउको निम्ति शुक्रवार जिल्ला प्रशासनिक केन्द्रमा सफलतापूर्वक मतगणना सम्पन्न भयो। जिल्लाको अप्पर छलमथाङ पञ्चायत वार्ड र लोअर गाङयोङ पञ्चायत वार्डमा उप-चुनाउ भएको हो। उक्त दुई वार्डमा हिजो मतदान भएको थियो। अप्पर छलमथाङ पञ्चायत वार्डमा शिव कुमार कामी विजय भएका छन्। उनले कूल ३३० भोट प्राप्त गरे। यसरी नै लोअर गाङयोङ पञ्चायत वार्ड निमू लेप्चा विजय बनेका छन्। उनले कूल २९७ भोट प्राप्त गरे। उक्त दुई पञ्चायत वार्डको निम्ति एउटै पनि पोस्टल ब्यालट प्राप्त नभएको बताइएको छ।

नाम्ची जिल्लाकै अप्पर फालीडॉंड़ा पञ्चायत वार्डका उम्मेदवार निर्विरोध निर्वाचित भएकी छन्। उक्त वार्डको निम्ति बिन राईले मात्र नामाङ्कन बुझाएकी थिइन्। जिल्लापाल तथा पञ्चायत पीठासीन अधिकारी एम. भारणी कुमारले निर्वाचित उम्मेदवारहरूलाई प्रमाणपत्र प्रदान गरे। यस अवसरमा उप-चुनाउ पर्यवेक्षक कर्मा डोमा, चुनाउ विभागकी उप-सचिव भूमिका छेत्री तथा अन्य अधिकारीहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement