इस्लाम धर्मको अर्थ एक अल्लाह (ईश्वर) सामु आफैलाई समर्पित गर्नु हो। विश्वमा ईसाई धर्म पछि इस्लाम धर्म मान्ने जनसङ्ख्या दोस्रो स्थानमा पाइन्छ। इस्लाम धर्म अवलम्बीहरुलाई मुस्लिम अथवा मुसलमान भनिन्छ। जसरी ईशाई, बौद्ध, हिन्दु, अन्य कतिपय धर्म कुनै जातिले अप्नाउन सक्छ उसरी नै इस्लाम धर्म कसैले पनि अप्नाउन सक्छ। पाठवर्गलाई म यहाँ स्पष्ट गर्न चाहान्छु। यो धर्म वर्तमान सऊदी अरबको मक्काबाट ६१० इस्वीबाट शुरु भयो। यसभन्दा अघि पनि इस्लाम धर्मको अस्तित्व थिएन होइन थियो, सृष्टिको शुरुवात देखि नै थियो। ६४४ इस्वीदेखि इस्लाम धर्म फैलिएर विश्वव्यापी बन्दै गएको हो।
आज झन्डै ५१ वटा साना ठूला इस्लामिक राष्ट्र छ विश्वमा। अमेरिकी, अफ्रेकेली युरोपिय, चिनियाँ, मलेसिया, फिलिपिन्स, तिम्बती, बङ्गाली, पन्जाबी, मणिपुरे, बिहारी, उडिया, तामिल आदिलगायत नेपाल र नेपाली समाजमा पनि इस्लाम धर्म अप्नाएको पाँउछौ। भाषा संस्कृति आआफ्नै छ, तर धर्म एउटै। यता दार्जीलिङ, कालेबुङ, खरसाङ, डुवर्स तिर अल्पसङ्ख्यक नेपाली मुस्लिमहरू छन्।
कतिपय अन्य नेपाली जातिहरुले भन्ने गर्छन ‘हेर! यो मान्छेहरु मुस्लिम भएर कति राम्रो हामीले जस्तै नेपाली बोलेको!’ यो कुरा सुन्दा मलाई एक प्रकार हाँस उठछ,अचम्म लाग्छ। अरु ठाँउका के कुरा गर्नु कालेबुङ मा नेपाली समुदाय सबै जाति, जनजाति अनुसुचित जाति आदिबाट धर्म परिवर्तन गर्ने घेरै परिवारको एउटा छुट्टै इतिहास मसित छ, लेखौंला कुनै दिन। जसका पूर्वजहरू सोझै नेपालबाट आएका थिए। सबैभन्दा पहिलो कुरानका आयत (भर्स) हरू नेपालीमा अनुवाद कालेबुङ बाट शुरु भएको हो यसमा कालेबुङका इस्लाम धर्मगुरु सिकबीतुल्ला सिद्दिकीका ठूलो योगदान छ, नेपाली साहित्यका महारथी पारसमणि प्रधानज्यु, डा. गोकुल सिन्हा, मोहम्मद आरिफ छेत्री, कमल कुमार कफ्ले, अताउल्लाह सिदिक्की थिए।
अताउल्लाह सिद्दीकी कालेबुङ अन्तुमन प्राथमिक पाठशाला, एस.यु.एम.आई. कालेबुङ कलेज पढेर, ईशाई र इस्लाम धर्म तुलनात्मक सम्बन्धी अध्यन गर्न बेलायत पसे। बेलायत सरकारले उहाँलाई नागरिकता मात्र दिएनन् इस्लाम धर्म सम्बन्ध बुझ्नलाई महारानी भिक्टोरियाले उहाँको राजदरवार बकिङ्घम प्यालेसमा निमन्त्रणा दिए। भिक्टोरिया महारानीको पाहुना हुनसक्ने कालेबुङका प्रथम व्यक्ति उहाँ नै हुन्। त्यतिमात्र होइन बेलायत (इंगल्यान्ड) लाई मुस्लिम राष्ट्रमा प्रतिनिधी पठाउन परे धेरैपल्ट प्रतिनिधी भएर गएका छन्। नेपाली साहित्य र उहाँको देन कालेबुङको इतिहासमा स्वर्ण अक्षरले लेखिन पर्ने हो, आजसम्म पूर्णरूपले यी कुराहरु प्रकाशमा आँउन सकेका छैनन् दुःखका कुरो हो।
डक्टर अताउल्लाह सिद्दीकी बेलायतमै हाल साल क्यान्सर रोगले बितेर जानुभयो। वर्तमानमा नेपालमा धेरै मत्रामा धर्म पुस्तक कुरानको अनुवाद भएको छ। यो कुरो कालेबुङले सिकाएको हो। सिद्दीकी सहाब भन्नुहुन्थ्यो उहाँको नेपालीका ‘इस्लाम दर्शन’ भन्ने पुस्तक हुबहु नेपालबाट छापेर प्रचारप्रसार गरे, तर उहाँ र कालेबुङ नाम उक्त पुस्तक प्रकाशनमा उल्लेख नभएकोले दुःख मान्नुहुन्थ्यो जे होस् कालेबुङबाट जन्मेको उक्त पुस्तकले नेपाली जनमानसमा सुसमाचार पुर्याउन सकेकोमा गर्व मान्नुहुन्थ्यो। भारत सरकारले नेपाली अर्थात पहाडे मुसलमानहरुलाई ओ.बी.सी.को दर्जा पनि दिएको छ। जसको सभापति कलमकार स्वंय हुन्।
इस्लाम धर्म ग्रहण गर्दा हामीले पछि जात झुन्ड्याउनु पाउँदैनौं कारण त्यसो गरेमा उँचनिच, जातपात, छुट्याएर धर्ममा विभ्रान्त सृष्टि हुन्छ। इस्लाम धर्ममा ठूलो जात वा सानु जात हुँदैन। यसैले सबै इस्लाम धर्मीहरु एक जात मुसलमान हुन्।मुसलमानहरुले एक अल्लाह लाई माने ता पनि अल्लाहले पठाएको अन्तिम दुत हजरत सल्लाहु सल्लम महमद साहेबलाई अन्तिम (नबी )दुत्त मान्छन्। (महमद सहाबको नाम लिन पर्दा उहाँको अघि सलाम गर्न पर्छ, यसैले सल्लाहु अल्लहु सलाम भनेको हो, सलामलाई अस्लाम वालेकुम भनिन्छ यस्को शाब्दिक अर्थ हो। तपाँइ माथि शान्ति रहोस्!) त्यस जमानामा मक्कामा धेरै आदिबासी झुन्डहरु थिए। उनीहरु सबै बिभिन्न थरिको मुर्ति पूजक थिए। धर्म सम्बन्धी लिएर आपस्तमा मेल थिएन एकअर्को जातिमा युद्ध लडिरहन्थे। हजरत मुहमद स°अ° कुरैश वंशका थिए।
सानैदेखि उहाँ माथि ईश्वरका कतिपय चम्ताकारी द्रष्टा देखा पर्थे। एकपल्ट हिरा पर्वतमा चडेर ईश्वरका ध्यानमा थिए। ‘गब्रियल ‘ईश्वरका दुत्त आएर अल्लाह बारे सुनाए। विभिन्न प्रकारका मुर्ति पुजा छाडेर एक ईश्वरमा आफू पनि समर्पित हुन र अन्य मक्काका आदिवासी समुदाय लाई पनि यो समाचारको प्रचारप्रसार गर्ने र एकतामा ल्याउने आदेश दिए। तर तिनताक अरबका असभ्य आदिवासीहरुले उहाँको कुरोलाई पत्याएन। उहाँको धर्मपत्नी खादिजाले सर्ब प्रथम इस्लाम धर्म ग्रहण गरिन। दोस्रो व्यक्ति थिए उहाँको ससुरा हजरत अबु बक्कर| आफ्नो कुरैश वंशका दुइचार परिवार बाहेक अन्य व्यापारी र ठूलाठालु आदिवासी समुदाय विरोधमा खडा भए। फलस्वरूप महमद अल्लाहु सल्लम मथि आक्रमण शुरू हुन थाल्यो उनी भागेर आफ्ना अनुयायीसँग मदिना तर्फ प्रस्थान भए। मदिनाका बासिन्दाहरुले ईश्वरबाट पाएको यो बचन र पद्धतीलाई सहर्ष स्वीकार गरे। पछिबाट मदिनावासीहरुले मक्का माथि चढाई गरेर त्यहाँका बासिन्दाहरुलाई एकतामा ल्याए पछि, सबैले सहर्ष इस्लाम धर्म ग्रहण
गरे। हजरत महमद लेखापडी भएका व्यक्ति विशेष थिएन। अल्लाहले आफ्नो दुत् ‘गब्रैल’द्वारा कुरानका वचन र नियमहरु उहाँलाई सुनाए् मुखस्त गराए। उहाँको ससुरा अबु बक्रले अल्लाहका बाणीलाई लिपिवद्ध गर्न सघाए।
इस्लामिक नयाँ वर्षको ६१० इस्वीको नवौँ महिनामा पुर्णरूपले कुरानको अवतरण स्वर्गबाट पृथ्वीमा भए। जसलाई हामी पवित्र महिना अर्थात रमजानको महिना मान्छौ। जहाँ इस्लामिक धार्मिक अवलम्बी इस्लामिक क्यालेन्डर अनुमान बर्षको नवौँ महिनामा सुर्योदयदेखि सूर्य अस्तसम्म उपवासमा बस्छौं। यसको एउटा निर्दिष्ट समय तोकिएको हुन्छ जस्तै बिहान ४ बजेर १० सेकेन्डदेखि बेलुकी ५ बजेर ५५ सेकेन्डसम्म उपवास बस्नुपर्छ भनेपछि त्यति नै व्रत बस्नपर्छ। यो तोकिएको समय प्रत्येक दिन घटबड हुन्छ। जसको तालिका अघिबाटै मस्जिद बाट प्रत्येक मुसलमानहरुलाई वितरण गरिएको हुन्छ। यो उपवासलाई रोजा भन्ने गर्छ।
इस्लाम धर्म पाँचवटा स्तम्भमा( सिदान्तमा) खडा भएको छ।
१. एक ईश्वरमा समर्पित।
२. दिनमा पाँचपल्ट ईश्वरको आरघना अर्थात नमाज पढ्नु।
३. वर्षमा रमादानको महिनामा अनिवार्य रुपले उपवास गर्नु। (बिरामीहरुलाई भने छुट छ।)
४. तपाँइको मेहनतको कमाईको केही अंश गरिब गुर्बाहरुमा दान पुण्य गर्नु। हरामको कमाई दान पुण्य गर्न बर्जित छ। बेऐनी गरेर जस्तै चोरेर ढाँटेर कमाएको पैसा वा धन दान पुण्य गरेमा उल्टो पापको बाटोमा धकेल्छ।
५. जीवनमा एक पल्ट हज यात्रामा निक्लनु।
अर्थात मक्का मदिनाको यात्रा र इस्लामिक स्लामिक धार्मिक स्थल ‘काबा’को दर्शन गर्नु।
हजुर सलल्लाहु सल्लम महमद सहाबको मक्कादेखि पहिलोपल्ट मदिनाको यात्रालाई हज यात्रा मानिएको छ। यो इस्लाम धर्म अवलम्बी हरुको अर्को ठूलो चाँड बकरिद पर्व सामु मनाइने गर्छन्। मक्कामा गएर उक्त चाँड़को दिन खसी, बाख्रा, भेंडा आदि पशुका बली चडाउछन् र बली चडाएको मासु केही अंश इष्ट मित्र छर छिमेकी र गरिबहरुमा बन्टन गर्ने नियम छ।
मक्कामा चडाएको बली (मासु) यति बेसी हुन्छ कि साउदी अरब सरकारले क्यानिङ (टिनमा हालेर ) गरिब मुस्लिम राष्ट्रहरुतिर सित्थैमा वितरण गर्छन्। यस विषयमा कुनै दिन लेखुँला।
रमजान अथवा रमदानको महिनामा इस्लामिक क्यालेन्डर (नयाँ जुन हेरेर तोकिन्छ) मुताबिक उन्तिस वा तीस दिनसम्म उपवास बस्दा जतिसक्दो आफूलाई शरीर एवं आफ्नो अन्तर आत्मालाई नितान्त पवित्र राख्नुपर्छ। कुवचन , कुव्यवहार, कुविचारदेखि आफूलाई अलग गर्नुपर्छ। उपासको अवधी तोकिएको समय भित्रसम्म अन्नपानी ग्रहण गर्न वर्जित छ। यो महिना भरि कुरान धर्म शास्त्र पड़छन, पढाउँछन्।
बेलुकी तोकिएको ठिक समयमा ब्रत खोल्दा पहिलो पल्ट खजुर फल खाएर खोल्ने चलन छ। खजुर नपाए अलिकति स्वच्छ पानी पिएर पनि खोल्नसक्छ। खजुर फल हजुर मोहम्मद सहाबका प्रिय फलहरू मध्ये एक थिए। त्यसपछि घरका सर्वपरिवारले फलहार र मिठा परिकार खाएर दिनभरका उपवास तोडछन्। नजिकैमा मस्जिद भएमा सबैले आफ्ना मिठा आहार लिएर आपस्तमा बाँट चुड गरेर खान्छन्। नभए परिवारहरू माझ बाँडेर खान्छन्। महिनादिनभरि यो खानपिन र भेटघाट आनन्द साथ चलिनै रहन्छ। यहि रमजान महिनामै हो आफ्नो दुश्मन संग मनमुटाव हटाएर एका अर्कालार्ड माफ गर्न सक्नुपर्छ।
बेलुकीको उपवास भंग गर्ने समयलाई इफ्तार (पार्टी) भनिन्छ।
इफ्तार पछि सबै मिलेर मस्जिदमा नमाज पढ्न न बस्छन्। जसलाई ‘तराबी’को नमाज वा प्रार्थना भन्ने गर्छ। एउटा सिंगो कुरान रमजान महिना भित्र पढाई सक्नुपर्छ। यो नमाज पढाउने व्यक्तिलाई हाफिज भनिन्छ। हाफिजलाई सिंगो कुरान मुखस्त हुनुपर्छ। भनिन्छ कुनै प्रलय आएर अन्य धर्म पुस्तक नष्ट भएमा फेरि उद्वार गर्नु गाह्रो हुन्छ भन्छ, तर इस्लाम धर्मावलम्बीको कुरान उद्वार गर्नु सजिलो पर्छ। वर्तमानमा पनि बीस करोड़ हाजीहरु विश्व भरि छरिएको छ। जसले आफ्नो पवित्र धर्म ग्रन्थ कुरानलाई मुखस्त राखेको छ। बिहान सुर्योदय अघि उठेर खाने पर्दाथलाई शेयरी भन्ने गर्छ। विशेष बिहान उठ्दा पकाउन तुल्याउन हत्तार भएकोले दुध रोटी, चिउरा रुखासुखा खाएर पानी पिएर बस्छन्।
गर्मिका तापमानमा रिक्सावाला र अन्य चर्को घाममा खटिखाने मजदुरहरुलाई उपवास बस्नु कति गाह्रो हुँदो हो, तरै पनि कष्टदायक क्षणहरु प्रसन्न मुद्रामा पालन गर्छन् अल्लाहको नाममा। रमजान महिनाको अन्तिम शुक्रबार मस्जिदमा पढिने अपरान्ह प्रार्थना अथवा जुमाको नमाजलाई अलबिदाको नमाज भनिन्छ। अर्थात रमजान महिनालाई बिदा दिने प्रार्थना। रमजान भरि कुनै पनि दिन गरिब गुर्बालाई प्रत्येक व्यक्ति उनीहरुको एक छाक भोजनको व्यवस्था गरेर पुण्य कमाउछन्। यसलाई फित्रा भनिन्छ, कतिले यो सँगै नयाँ लत्ताकपडा पनि दान गर्छन् भिखारी र गरिबहरुमा, यहाँ पाठक द्विभिदा पर्नुहुन्न। जकात आफ्नो इमान्दारी कमाईको अंश विपन्न परिवारमा बन्टन हुन्छ भने यहाँ फित्रा इदको भोजनको निम्ति दान दिने नियम छ। जकात र फित्रा दुई भिन्न भिन्नै कुरो हो। फित्रा पनि हिजोआज सभामा (अन्जुमन) तोकेर राखेको रकम बुझाउनुपर्छ। गतवर्ष यो रकम ६० रुपयाँ थियो। बजार भाव बढेमा यो रकम पनि बढ्नेछ। घरका प्रत्येक ब्यक्तीले यो रकम दिने दस्तुर छ।
यो रमजान महिना भरिको उत्स्व मनाएपछि अन्तिम दिनमा मनाउने पर्वलाई ‘इदुल फित्र ‘भनिन्छ। जहाँ नयाँ सफा लुगा लगाएर मस्जिदमा प्रार्थना गरेर एका अर्कासँग गला मिल्छन्। आपस्तमा, गाँव छिमेकमा सिमाय, मिठाईहरु बन्टन गर्छन्। वास्तवमा इस्लाम धर्म अवलम्बीहरु यस दिन एक महिना लामो पर्व पत्येक्ष वा परोक्ष रुपमा मनाएर यस पर्वलाई अल्लाहको नाम लिएर अन्त गर्छन्। अन्तमा मेरो सम्पूर्ण पाठकहरुमा हाम्रो ठूलो चाँड ईदको हार्दिक मङ्गलमय शुभकामना।
इद मुबारक।।










