सिलगढीमा ईद बजारको रौनक , व्यापारीहरुमा उत्साह

IMG-20230421-WA0262.jpg

सिलगढी: मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजान शनिबार समाप्त हुँदैछ। सोही दिन देशैभर ईद पर्व मनाइँदैछ। सिलगढी हिलकार्ट रोडमा रहेको जामा मस्जिदको अगाडि अन्तिम शुक्रबारको नमाज पढियो। ईद पर्वलाई ध्यानमा राख्दै हिलकार्ट रोडस्थित जामा मस्जिद अगाडि विगत एक महिनादेखि विभिन्न लत्ताकपडा, खानेपानीलगायतका पसलहरु खोलेका थिए ।यो वर्ष बजारमा धेरै बिक्री भएको व्यवसायी बताउँछन्। अन्तिम दिन पनि मानिसहरुको चर्को किनमेल भइरहेको छ। जसका कारण यस वर्ष व्यवसायीहरु उत्साहित छन्। हास्मी चोकस्थित जामा मस्जिदका इमाम मोहम्मद वाहिद आलमले नगरबासीहरुलाई ईदको शुभकामना दिएका छन्। साथै उनले यस अवसरमा भाइचारा कायम राख्न सबैलाई अपिल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement