हात्तीले घाईते भएको व्यक्तिलाई बन विभागद्वारा एक्सग्रेसिया प्रदान

5a4973bc-29e5-4327-81fc-75c9e11f9325

कालचिनीः विगत १७ मार्चको विहान मर्निङ वाकमा निस्किएको दक्षीण साताली निवासी प्रोजेन बसुमता उमेर ५० लाई अचानक जंगलबाट निस्किएको एउटा जंगली हात्तीले आक्रमण गर्दा प्रोजेन बसुमताको खुट्टा भाँचिएको थियो भने भाग्यवश तिनको ज्यान गाउँलेहरुले गर्दा बाँचेको थियो। गाउँलेहरूले हल्लाखल्ला गर्दा उक्त हात्ती जंगलतर्फ भाग्दा गम्भीर घाईते अवस्थामा प्रोजेन बसुमतालाई गाउँले औ बनकर्मीहरूको सहयोगितामा अलिपुरद्वार जिल्ला अस्पतालमा लगिएको थियो।
प्राप्य एक महीनाको उपचार पश्चात शनिबार बन विभागले हात्तीको आक्रमणमा घाईते प्रोजेन बसुमतालाई एक्सग्रेसिया स्वरूप ३२ हजार ६ सय १८ रुपियाँको चेक प्रदान गरेको बन विभागले जनाएका छन्। घाईते प्रोजेन बसुमतालाई बन विभागले नै उपचार गराएको थियो भने उपचार पश्चात एक्सग्रेसिया स्वरूप उक्त चेक प्रदान गरीएकोले घाईते प्रोजेन बसुमता र दक्षीण साताली गाउँका बासिन्दाहरूले बन विभागप्रति आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement