आगलागीमा घर क्षतिग्रस्त

e238a327-9619-445a-b4eb-43d428f9422f

कालचिनीः कालचिनी थाना अन्तर्गत हेमिल्टनगञ्ज डिपोपाड़ा स्थित स्थानीय पार्थ सरकारको घरमा आज दिउँसो अचानक आगो लाग्दा क्षेत्रमा सनसनी मच्चिएको थियो। प्राप्त जानकारी अनुसार घरमा अचानक आगो लाग्दा घरका परिवार सदस्यहरू सबै घर बाहिर निस्केर गुहार लगाउँदा छिमेकीहरू सबै मिलेर आगो निभाउन प्रयास गरेको थियो भने घटनाको जानकारी पाएर घटनास्थलमा हाँसीमारा दमकल विभागको एउटा इञ्जिन पुगेर आगोलाई पूर्णरुपमा नियन्त्रणमा ल्याउन सफल भएको थियो।
उक्त आगलागीमा कोही घाईते नभएता पनि पार्थ सरकारको घरको आधा अंश जलेर स्वाहा भएको पीड़ित परिवार सदस्यहरूले जनाएका छन्।
आगो लाग्ने कारणबारे दमकल विभागले जाँच चलाईरहेको यद्यपि सर्ट सर्किटले गर्दा आगो लागेको अनुमान स्थानीय बासिन्दाहरूले गरेका छन‌्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement