टिप्पर दुर्घटनामा परेर तीनजनाको मृत्यु, दुई घाइते

Untitled-1-copy-142

गान्तोकःपूर्व सिक्किमको पाकिम जिल्ला अन्तर्गत लोअर बिरिङमा वाहन दुर्घटनामा तीनजनाको मृत्यु भएको छ जबकि दुईजना घाइते बनेका समाचार प्राप्त भएको छ। पुलिस रिपोर्ट अनुसार, दुर्घटना शुक्रवार अपराह्न लगभग साढे चार बजी भएको हो। एउटा टिप्पर वाहन सडक छोडेर लगभग दुई सय पचास फीट तल झर्दा ३ जनाको मृत्यु र २ जना घाइते भए। दुर्घटनामा टिप्पर चालक २६ वर्षीय पेम छिरिङ लेप्चासहित अन्य दुई जनाको मृत्यु भएको छ। दुई अन्य मृतकहरूमा ४२ वर्षीय विनोद राई र सुरेन राई रहेका छन्।

दुर्घटनामा घाइते बनेका सबैलाई उद्धार गरेर एसटीएनएम अस्पतालमा उपचार गराउन ल्याएको समय तीनजनाको मृत्यु भएको हो। यसमा घाइते बनेका शान्ति राम दङ्गाल र सूरज राईलाई अस्पतालमा भर्ती गरिएको छ। यो टिप्पर वाहन दुर्घटनाको कारण थाहा लागेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement