हिमाचलको चार दिवसीय दौड़ाह पश्चात दिल्ली फर्किन् राष्ट्रपति द्रौपदी मुर्मू

Untitled-1-copy-141

शिमलाः राष्ट्रपति द्रौपदी मुर्मू हिमाचल प्रदेशको चार दिवसीय दौड़ाह सकेर शुक्रवार शिमलाबाट नयाँ दिल्ली फर्किइन्। राज्यपाल शिव प्रताप शुक्ल र मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खूले शिमलाको कल्याणी हेलीप्याडबाट राष्ट्रपतिलाई गरिमापूर्ण विदाई दिए। बिहान लगभग १०:१५ बजे वायु सेनाको हेलिकप्टर मार्फत राष्ट्रपति नयाँ दिल्ली फर्किइन्।

शिमला प्रवास अवधि गए बुधवार राष्ट्रपति मुर्मू हिमाचल प्रदेश विश्वविद्यालयको २६औं दीक्षान्त समारोहमा मुख्य अतिथिकी रूपमा उपस्थित भएकी थिइन्। यसै दिन उनले राष्ट्रीय लेखा परीक्षा तथा लेखा अकादमी शिमलाद्वारा आयोजित भारतीय लेखा परीक्षा एवं लेखा सेवाका प्रशिक्षणार्थी अधिकारीहरूलाई पनि सम्बोधन गरेकी थिइन्। त्यसपछि बिहीवार उनले भारतीय उच्च अध्ययन संस्थानको भ्रमण गरेपछि शिमलाको ऐतिहासिक हनुमान मन्दिर जाखूमा पुगेर दर्शन गरेकी थिइन्।

गए १८ अप्रेलको दिन राष्ट्रपतिको शिमला आगमनको अवसरमा हिमाचल प्रदेश सरकारको पक्षबाट राजभवनमा उनलाई नागरिक अभिनन्दनद्वारा सम्मान जनाइएको थियो। शिमला प्रवास अवधि द्रौपदी मुर्मू मशोबरास्थित राष्ट्रपति निवास रिट्रीटमा बसेकी थिइन्। यस अवधि उनले रिट्रीटलाई आम मानिसहरूको लागि खोल्ने आधिकारिक घोषणा गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement