अलिपुरद्वारःजिल्लाको बीरपाड़ामा बिहीवार भीषण अग्निकाण्डमा दोकान सहित एउटा घर जलेर खरानी भएको छ। घटना धर्मशाला रोड संलग्नमा घटेको छ। आगलागीपछि बिजुली आपुर्ति काटियो।
जानकारी अनुसार, घटना भएको लगभग एक घण्टापछि दमकलको एउटा गाड़ी बीरपाड़ा पुग्यो। स्थानीय मानिसहरूले भने, लुगाको दोकान सहित एउटा घर यस आगोमा पूर्ण रूपमा जल्यो। आगलागीमा लाखौंको नोकसान भएको छ। यद्यपि, यस आगलागीमा ज्यानहानि भएको कुनै खबर छैन।
स्थानीय मानिसहरू अनुसार, बीरपाड़ामा फायर स्टेशनको भवन त बनेको छ तर त्यसको उद्घाटन हुन सकेको छैन। फलस्वरूप बीरपाड़ा र वरिपरिका क्षेत्रहरूमा अग्निकाण्ड हुँदा घण्टौंसम्म दमकलको प्रतिक्षा गर्नुपर्छ।










