नवजात शिशु चोरी भएको २४ घण्टा बितिसक्दा पनि पत्तो लागेन
सिलगढी: उत्तर बङ्गाल मेडिकल कलेज एण्ड अस्पतालबाट बालक बेपत्ता भएको २४ घण्टा बितिसक्दा पनि बालकको कुनै पत्तो लागेको छैन। भाजपा युवा मोर्चाले उत्तर बंगाल मेडिकल कलेज एण्ड अस्पतालको प्रशासनिक भवन अगाडि विरोध प्रदर्शन गरेको छ। युवा मोर्चाका तर्फबाट सुपरलाई हिजो २४ घण्टाको समय दिइएको बताइएको छ। तर २४ घण्टा बितिसक्दा पनि स्वास्थ्यकर्मीले बालकको कुनै पत्तो लगाउन सकेको छैन। यसैलाई ध्यानमा राख्दै भारतीय जनता पार्टी युवा मोर्चाका कार्यकर्ताले उत्तर बंगाल मेडिकल कलेज तथा अस्पतालको प्रशासनिक भवन अगाडि धर्ना दिएका छन्। बिहीबार उत्तर बंगाल मेडिकल कलेज एण्ड अस्पतालबाट एक नवजात शिशु चोरी भएको थियो। त्यसयता परिवारका सदस्यहरू रोई -कराई गर्दा पनि अहिलेसम्म शिशुको केही अत्तो-पत्तो लागेको छैन।








