जलपाइगढी: मालवाहक ट्रेनको इञ्जिन पटरीबाट खसेको छ। अचानक भएको यो घटनाले यस क्षेत्रमा त्रास फैलिएको छ। घटना बिहीबार साँझ जलपाइगढी जिल्लाको धुपगढी रेलवे स्टेशन नजिकैको क्षेत्रमा भएको हो। शन्टिङका क्रममा मालगाडीको इन्जिन अचानक पटरीबाट खसेको थियो।
बिहीबार साँझ करिब ६ बजे धुपगढी स्टेशनको क्रसिङ गेटमा इन्जिन पटरीबाट खसेको थियो। यद्यपी यस घटनामा कोही हताहत भने भएको छैन। गाडीको डेड एन्डको केही भाग फुटेर रेल लाइनको छेउमा सडकमा खसेको थियो। त्यतिबेला रेलमार्ग खाली भएकाले रेल क्रसिङमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ। अचानक मालगाडीको चोइटिएको हिस्सा सड़कमा उच्छिटिदा धेरैजना मोटरसाइकलबाट हाम फालेर भागेका थिए। रेल अधिकारी घटनास्थल पुगेका छन्। पटरीबाट खसेको इन्जिन हटाउने प्रयास भइरहेको छ। रेलवे अधिकारीहरूले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेका छन्।










