मिरिकः मिरिकका जनतालाई काकाकुल बनाउँनमा मिरिक नगरपालिका टीएमसी बोर्डका भूतपूर्व चेयरमैन, काउन्सिलरगण, ठेकेदार कि सरकारी तन्त्र जिम्मेवार?’, ‘मिरिकका जनताको निम्ति आवण्टित सरकारी राशी कहाँ हरायो?, यी प्रश्नहरू उठाउँदै आज प्रमाण सहित हाम्रो पार्टीका केन्द्रीय प्रवक्ता लाडुप घिसिङले मिरिकका जनताले भोग्नु परिरहेको जल-संकटलाई टीएमसी बोर्डको भ्रष्टाचारको परिणाम हो भनि बताए।
मिरिक नपा क्षेत्रका जनताले लगातार वार्ड नम्बर १ स्थित घिसिङ निवास “काव्यकुञ्ज” अगाडी आएर गुनासो पोखेपछि उनले जनहितलाई ध्यानमा राखेर कडा शब्दमा मिरिक नगरपालिका प्रशासनलाई यस विषयमा झट्टै कार्यवाही नगरिए सम्बन्धित सबैलाई चेताउनी दिँदै भने, यो मेरो मात्र आवाज होइन, जनताको मनबाट अब डर हराइसकेको छ। यस्तो कालो नीति, काखा र पाखा बन्द नगरिए यो जमातले कानूनी मोड लिनेछ।
मिरिकवासी यसरी अघि आएकोमा खुशी प्रकट गर्दै घिसिङले थप बताए, मिरिक जाग्यो, अब दार्जीलिङ, खरसाङ, कालेबुङ, तराई-डुवर्सका प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा जंगलराज हटाई जनताराज फर्काई ल्याउँनु पर्छ। मलाई प्रमाण माग्नेहरूणलाई यो एउटा नमुना मात्र हो भनि सही समय र सही ठाउँमा सबै कुराहरूको लेखाजोखा हुन्छ भनि घिसिङले सम्बन्धित सबैलाई चेताउनी दिएका छन्।










