नेपालका सन्दीप लामिछानेको रेकर्ड, वनडेमा सबैभन्दा तेज १०० विकेट

IMG-20230421-WA0258.jpg

२१ अप्रेलः नेपालका २२ वर्षीय लेग स्पिनर सन्दीप लामिछानेले वनडे इण्टरनेशनल क्रिकेटमा ठूलो रेकर्ड बनाएका छन्। सन्दीप वनडे क्रिकेटको इतिहासमा सबैभन्दा तेज १०० विकेट लिने बलर बनेका छन्। सन्दीपले शुक्रवार ओमान विरुद्ध एसीसी मेन्स प्रीमियर कप टुर्नामेण्टमा आफ्नो ४२औं वनडे म्याच खेल्दै यस उपलब्धिलाई हासिल गरे। यस रेकर्डको मामिलामा उनले अफगानिस्तानका लेग स्पिनर राशिद खानलाई पछि छोड़े। सन्दीपले केवल ४२ वटा वनडे म्याचमा १०० विकेट पूरा गरे। राशिदले ४४ वटा म्याचमा १०० विकेट पूरा गरेका थिए। उनले २०१८-मा यस रेकर्डलाई आफ्नो नाम गरेका थिए। सन्दीपले ४२ वटा म्याचमा १०० विकेट पूरा गरे पनि नेपाल एसोसिएट देश भएको हुनाले उनको नाम रेकर्ड बूकमा रहेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement