दिलिप घाेषकाे बयानले भाजपाकाे चरित्र उदाङ्गाे भएकाे छ: प्रशान्त लामा

IMG-20230421-WA0257.jpg

मिरिक: हाम्राे पार्टी मिरिकका अध्यक्ष प्रशान्त लामाले मिरिकमा पत्रकारहरूसित कुराकानी गर्दै भाजपा राष्ट्रीय उपाध्यक्ष दिलिप घाेषले उत्तर बंगालकाे विभाजन हुँदैन भन्ने बयान दिएर भाजपाकाे चरित्र उजागर गरेकाे ठहर गरेका छन्। उनले भाजपा गाेर्खाहरूप्रति कति इमान्दार छ याे दिलिप घाेषकाे बयानले स्पष्ट भएकाे छ भन्दै भाजपा राष्ट्रीय उपाध्यक्ष दिलिप घाेषकाे बयानपछि महाकाल बाबाकाे कसम गाेर्खाल्याण्ड ल्याँउछु भनेर सांसद बनेका राजु बिष्टकाे धारणा स्पष्ट हुनपर्छ भने। उनले भाजपाले झुठकाे राजनीति गरेर नै गाेर्खाकाे पन्ध्र वर्ष खर्च ब्यर्थमा गरिदिएकाे थिएछ भन्ने प्रमाण दिलिप घाेषले दिएका छन् भन्दै घाेषकाे बयानपछि अब भाजपाकाे अडान स्पष्ट भएकाे छ भने। उनले भाेटकाे समय मात्र मिठाे आश्वसन दिने भाजपा हाे भन्ने कुराे दिलिप घाेषकाे बयानले स्पष्ट पारेकाे छ भन्दै गाेर्खा विराेधी बयान खुले आम बयान दिने वातवरण पहाडमा कसले सृजना गरेकाे छ याे पनि छात्तीमा हात राखेर खाँटी गाेर्खाहरूले चिन्तन, मनन गर्ने समय आएकाे छ भने। उनले गाेर्खाकाे हित चाहाने एक मात्र दल हाम्राे पार्टी रहेकाे दाबी गर्दै आपसी तालमेल र एकताले नै चुनाउकाे छेकमा प्रलाेभन देखाउनेहरूलाई उचित जवाब आगमी ग्राम पञ्चायत चुनाउमा गर्नुपर्छ भने। उनले दिलिप घाेषकाे बयानले भाजपाकाे चरित्र उदाङ्गाे भएकाे छ भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement