नयाँ दिल्ली: सुप्रीम कोर्टले वर्ष २००२- मा गोधरामा ट्रेनको एउटा कोचमा आगो लगाएर ५९ मानिसहरूको हत्या गरेको मामिलामा दोषी ८ जनालाई जमानत दिएको छ। यी सबै दोषीहरूलाई ट्रायल कोर्ट र हाई कोर्टबाट आजीवन कारावासको सजाय सुनाइएको थियो। सुप्रीम कोर्टले बिहीवार १७-१८ वर्ष जेलमा बिताएको आधारमा यिनीहरूलाई जमानत दिएको छ कोर्टले तल्लो कोर्टमा फाँसीको सजाय पाउने ४ दोषीलाई जमानत दिन अस्वीकार गरेको छ। गुजरात सरकारको पक्षबाट प्रस्तुत सलिसीटर जनरल तुषार मेहताले गत २० फरवरीको सुनवाईमा अपराधलाई जघन्य बताउँदै जमानत दिनुपर्ने मागको विरोध गरेक थिए। सुप्रीम कोर्टले दोषीहरूको नाम, अपराधमा उनीहरूको भूमिका औ जेलमा बिताएको समय सम्बन्धि चार्टलाई कोर्टमा दर्ता गराउने निर्देश दिएको थियो। त्यसपछि ३० जनवरीमा भएको सुनवाईमा दोषीहरूको पक्षबाट भनिएको थियो कि उनीहरूको दोष यति मात्र थियो कि उनीहरूले ढुङ्गामुडा गरेका थिए, तर उनीहरूले आजीवन कारावासको सजाय भोगिरहेका छन्। यसमा तुषार मेहताले भनेका थिए, ढुङ्गामुड़ा मात्र होइन यिनीहरूले ट्रेनको बोगीमा आगो पनि लगाएका थिए।पहिलाको सुनवाईमा मेहताले कोर्टलाई आश्वस्त पारेका थिए कि उनी हरेक दोषीको भूमिकाको जाँच गर्नेछन् कि यिनीहरूमध्ये केहीलाई जमानतमा रिहा गर्न सकिन्छ। १५ दिसम्बर २०२२ मा कोर्टले यस मामिलाका दोषी फारूखलाई १७ वर्षदेखिको जेलमा बस्दै आएको आदारमा जमानत दिएको थियो।










