गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा नेतृत्वको असम सरकारले १० मईमा आफ्नो दुई वर्षको कार्यकाल पूरा गर्नेछ। यस अवसरमा तीन दिवसीय कार्यक्रम आयोजित गरिनेछ।
यस कार्यक्रममा केन्द्रिय गृह मन्त्री अमित शाहको उपस्थिति रहने सम्भावना छ। डा. हिमन्त बिस्व सरमा सरकारको दोस्रो वार्षिकीको समारोह गुवाहाटीको खानपारामा आयोजित गरिनेछ। यसको मध्यनजर मुख्यमन्त्री कार्यालयले प्रत्येक मन्त्रीको विभागीय रिपोर्ट एकत्र गरेको छ असम सरकारका मन्त्री जोगेन महन अनुसार, मुख्यमन्त्री कार्यालयले सबै विभागहरूबाट जानकारी लिइरहेछ। कुन विभागमा के-कस्तो गरिएको छ, त्यो सब एकत्र गरिन्दैछ। मुख्यमन्त्रीले मानिसहरूलाई यी उपलब्धीहरूसित अवगत गराउनेछन् सफल विभाग र सफल मन्त्रीहरूलाई पुरस्कृत गर्नसक्छन्। यसैले मन्त्री आ-आफ्नो विभागहरूलाई अपडेट गर्नमा जुटेका छन्। उल्लेख्य, २०२१ मा भाजपाले दोस्रो पल्ट दिसपुर (राजधानी) को सत्तामा कब्जा गरी असममा सरकार बनएको थियो। ०९ मईदेखि ११ मईसम्म डा. हिमन्त बिस्व सरमा सरकारद्वारा मनाइने यस दोस्रो वार्षिकीको अन्तिम दिन गृहमन्त्री अमित शाहको उपस्थितिमा ५० हजार मानिसहरूलाई नियुक्ति पत्र सुम्पिने सम्भावना छ।










